हेक्का रहोस् – सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ : सुर्य थापा

काठमाडौं २४ माघ । नेकपा एमालेका नेता सुर्य थापाले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्डले नेपाललाई चौतर्फी संकटमा फसाउनेख काम गरेको आरोप लगाएका छन् ।

प्रचण्ड, माधव कु. नेपाललगायतको झुन्डले नेपाल राष्ट्रलाई उत्तर कोरियाको हविगतमा विश्व समुदायबाट अलगथलग र एक्लो बनाउन सक्रिय भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता थापाले भनेका छन् , ‘तर, हेक्का रहोस् – यसपछिको सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ, उनले नेपाली जनतालाई बेवकुफ बनाएजस्तो चालबाजी र सौदाबाजी दुनियाँसँग नगरून् !’

कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशस च्यातचुत पारिदै गरेको बताएका उनले प्रश्न गरेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्- अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ? ‘

हिजो बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा गंभीर छलफल भयो।

यस छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेलहरू थिएनन्। अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुबै डुंगामा खुट्टा टेकिरहेका नौटंकीवाजहरूको पनि उपस्थिति थिएन।

कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशस च्यातचुत पारिदैछन्। तिनले भविष्यमा जवाफ दिन सक्लान्- अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको तरु जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव कु।

नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव कु. नेपाललगायतको झुन्डले गरिरहेको छ। यस्तै पाखण्डीहरू नेपाल राष्ट्रलाई उत्तर कोरियाको हविगतमा विश्व समुदायबाट अलगथलग र एक्लो बनाउन सक्रिय छन् ! तर, हेक्का रहोस् – यसपछिको सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ, उनले नेपाली जनतालाई बेवकुफ बनाएजस्तो चालबाजी र सौदाबाजी दुनियाँसँग नगरून् !

साँच्चैको बाघसँग खेल्दाको परिणामरदुष्परिणामको निगरानीमा उनी परिसकेका छन् होला र अब उम्किन सायदै सक्नेछन्!