“ येशु मेरो जीउने आशा बोल ´´…को गित सार्वजनिक

डिकेन्द्र बस्नेत माघ २४,झापा / लोकप्रिय गायिका मेरी प्रधानको सुमधुर स्वरमा रहेको “येशु मेरो जीउने आशा´´ बोलको गित सार्वजनिक भएको छ ।

`प्रेमको उपहार´एल्बममा रहेको येशु मेरो जीउने आशा बोलको गितमा विश्व राज थुलुङको शब्द साथै संगित रहेको छ । जोन दर्जिले निकालेको म्युजिक भिडियोमा शामुएल समुले एरेन्ज गरेका छन । गित जोन दर्जिको युटुयव च्यानलमा सार्वजनिक गरिएको थियोे ।

प्रेमको उपहार एल्बममा ७ वटा गितहरु समावेश गरिएको छ । जस्मा गायिका प्रधानको स्वरमा २ वटा गित रहेको छ भने ५ वटा गितमा अन्य गाएक – गायिकाको आवाज रहेको छ। गीति एल्बमको निर्माता जोन दर्जिको अनुसार चाडै नै सम्पूर्ण गितको जुकबक्स निकाल्ने तयारी रहेको र सबै गितहरु सुन्न सकिने बताएका छन।

 

https://youtu.be/kH5C2EomYho