काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत फेला

काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत भेटिएका छन् । संखुवासभा स्थायी घर भई  ललितपुरको महालक्ष्मी नगरपालिका ५ बस्ने प्रज्वल पोखरेल मृत भेटिएको महानगरीय प्रहरी प्रभाग थानकोटले जनाएको छ । पोखरेल शुक्रबार दिउँसो ट्याक्सी चढेर मातातीर्थ हुँदै काठमाडौं र मकवानपुरको सीमाना पुगेको बताइएको छ ।

उनको शव भेटिएको ठाउँ मकवानपुरमा पर्ने भएकाले घटनाबारे इलाका प्रहरी कार्यालय पालुङले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्तका डिएसपी डिल्लीराम पाण्डेले बताए । शनिबार दिउँसो स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । थानकोटबाट हिँडेको प्रहरी २ घण्टाको पैदल हिँडेर घटनास्थल पुगेको थियो ।