वर्षौंपछि छचल्क्यो शिल्पा शेट्टीको पीडा, भनिन्– २२ वर्षको हुँदा पहिलो पटक अक्षयले मसँग शारीरिक सम्बन्ध बनाएर धोका दिए

बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो सुन्दरता र स्टाइलका कारण करोडौंको मनमा राज गरेकी छिन् । फिल्म र डान्सका अलावा शिल्पा शेट्टी फिटनेसको मामिलामा पनि कसैभन्दा कम छैन । आज पनि उनले आफूलाई यसरी सम्हालेकि छिन् कि नयाँ अभिनेत्रीलाई पनि पानी पिउन समेत दिएकी छैनन् । आफ्नो व्यावसायिक जीवनका अलावा शिल्पा शेट्टीको पर्सनल लाइफ पनि हेडलाइनमा रहन्छ । शिल्पा शेट्टीले मोडलिङबाट करियर सुरु गरेकी ९० को दशकमा उनले ठूलो पर्दाबाट करियर सुरु गरेकी थिइन् ।

बलिउडमा एकपछि अर्को धेरै सफल फिल्म उनले दिएकी छिन् । आज शिल्पा शेट्टी राज कुन्द्राकी पत्नी हुन् र सुखी दाम्पत्य जीवन बिताइरहेकि छिन् । तर यस बाहेक उनको बलिउडमा पनि धेरै अफेयर थिए । अक्षय कुमार र शिल्पा शेट्टीको अधुरो प्रेम कहानी सबैलाई थाहा छ । यो जोडीले त्यतिबेला बी टाउनमा निकै चर्चा कमाएको थियो । भारतका गल्ली–गल्लीमा उनीहरुको प्रेमको चर्चा हुन थालेको थियो । अक्षय र शिल्पाले आफ्नो प्रेममा हरेक सीमा पार गरेका थिए ।

शिल्पा शेट्टीले २२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएकी थिइन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । यो ९० को दशकको समय थियो जब अक्षय कुमार र शिल्पा शेट्टी दुवैलाई बलिउडको उदीयमान सुपरस्टार मानिन्थ्यो। यही कारणले गर्दा जब उनीहरुको अफेयरको खबर बाहिर आयो तब धेरै हेडलाइन बनेको थियो । दुबै एकअर्कालाई निकै माया गर्ने गरेका थिए । जब शिल्पा शेट्टी लन्डनको टिभी शो बिग ब्रदर गरिरहेकी थिइन्, त्यो समयमा उनले अक्षय कुमारसँगको आफ्नो सम्बन्धको बारेमा धेरै गोप्य खुलासा गरेकी थिइन् ।

उनले त्यही शोमा मात्र २२ वर्षको उमेरमा अक्षय कुमारसँग आफ्नो भर्जिनिटी गुमाएको चकित पार्ने खुलासा गरेकि थिईन् । भनिन्छ, अक्षय कुमार र शिल्पा शेट्टी पहिलो भेटमै एकअर्काबाट प्रभावित भएका थिए । फिल्म मै अनारी तु खेलाडीको सेटबाट सुरु भएको थियो । यही फिल्मको सुटिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो । यी दुईको जोडी सन् १९९७ मा रिलिज भएको फिल्म बिस्टमा फेरि आमनेसामने भएको थियो । यो फिल्मको क्रममा यी दुईबीचको निकटता हदभन्दा माथि बढ्न थाल्यो ।

पत्रपत्रिकामा यी दुईको प्रेमकथा प्रायः आउन थाल्यो । त्यही क्रममा अक्षय कुमार र शिल्पा शेट्टीले बिहे पनि गरेको खबर आएको थियो । त्यति मात्रै होइन, त्यस क्रममा अक्षयले आफ्नो एक विशेष साथीलाई यो पनि भनेका थिए कि शिल्पा स्क्रिनमा जति सरल र निर्दोष देखिन्छिन्, उनी ओछ्यानमा त्यति नै सक्रिय हुन्छिन् । तर, दुवैको आपसी प्रेमका बाबजुद यो प्रेम सम्बन्ध लामो समय टिक्न सकेन र चाँडै नै दुवै एकअर्काबाट अलग भए ।

भनिन्छ, राजेश खन्नाकी छोरी ट्विंकल खन्ना त्यतिबेला अक्षय कुमारसँग निकै नजिक थिइन् । यही कारण हो अक्षय कुमार र शिल्पा शेट्टीको ब्रेकअप । द्दण्ण्ज्ञ मा अक्षय कुमारले ट्विंकल खन्नासँग विवाह गरे भने शिल्पा शेट्टीले पनि द्दण्ण्ढ मा व्यापारी राज कुन्द्रासँग बिबाह गरेकी थिईन् ।