मोरङ उखुबारी हत्याकाण्ड: थप दुई पक्राउ

मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय एक जना युवक छन्।

उनीहरूलाई सप्तरीका शम्भु कुमार चौधरी र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

मोरङको उखुबारीदेखि ललितपुरको घरपछाडि गाडिएका शवको कनेक्सन

माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा किसानले खाल्डा देखे। उखु काट्न गएका किसानले खाल्डा देखेपछि प्रहरीलाई खबर गरे।

खनेर हेर्दा त्यहाँ एक जना पुरूषको शव भेटियो। भोलिपल्ट ३० मिटर पर अर्को खाल्डो देखियो। त्यो खाल्डोमा पनि अर्का पुरूषको शव गाडिएको थियो।

खाल्डामा गाडिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरी हुन्।

उनीहरूको पहिचान सुरूमा खुलेको थिएन। राजेन्द्रकुमारको शव फेला परेपछि उनको साथबाट पर्स पनि फेला परेको थियो।

पर्समा भएको स्मार्ट लाइसेन्सले उनको पहिचान खुल्यो। शम्भुको भने कपडा र हातमा राखी लगाइएको थियो। त्यसैबाट मृतककी श्रीमतीले उनको पहिचान गरिन्।

शंकाष्पद रूपमा शव फेला परेपछि अनुसन्धान गर्न मोरङबाट प्रहरीको टोली काठमाडौं आयो। टोलीले महानगरीय अपराध महाशाखासँग मिलेर अनुसन्धान गर्दै थियो।

त्यसैबीच सिरहाको सिरहा नगरपालिका घर भई बल्खु बस्दै आएका अनिलकुमार मण्डल पक्राउ परे। उता मोरङको जहदा गाउँपालिका-४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिका बस्ने नजिर आलम पनि पक्राउ परे।

घटनामा अहिलेसम्म तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

उनीहरूलाई मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

tvs

मोरङ उखुबारी हत्याकाण्ड: थप दुई पक्राउ

arghakhachi
सेतोपाटी संवाददाता

सेतोपाटी संवाददाता

काठमाडौं, माघ २२

nchl