यो सातामा सुनचाँदीको मूल्य कस्तो रह्यो ?

यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम छ ।

   गत साताको शुक्रबार तोलामा ९२ हजार ६०० कायम भएको सुनको मूल्य यो साताको आइतबार ४०० ले घटेर कारोबार सुरु भएको थियो । यस्तै, सोमबार पनि तोलामा ४०० रुपैयाँले घटेको थियो । त्यसपछि, मंगलबार १०० रुपैयाँ र बुधबार ३०० र बिहीबार ५०० रुपैयाँले बढ्दै शुक्रबार २०० ले घटेको हो ।

यसैगरी, महासंघले साताभरमा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँ कायम छ ।