ह्वावे बाहेक हार्मोनी ओएस भएको पहिलो फोन सार्वजनिक, डिजाइन आईफोन १३ प्रो जस्तै

काठमाडौं । हार्मोनी ओएस रहेको ह्वावे कम्पनी बाहेकको पहिलो स्मार्टफोन सार्वजनिक भएको छ । यस अघिसम्ममा हार्मोनी ओएस ह्वावेका आफ्नै उत्पादनहरूमा मात्र उपलब्ध हुने गरेको थियो ।

अब भने ह्वावे बाहेकको फोनमा पनि यो अपरेटिङ सिस्टम उपलब्ध हुने भएको छ । चिनियाँ मोबाइल कम्पनी जिओनीले हार्मोनी ओएसमा आधारित आफ्नो नयाँ स्मार्टफोन जिओनी जी १३ प्रो सार्वजनिक गरेको हो ।झट्ट हेर्दा आईफोन १३ जस्तै देखिने यो फोनको सुरुवाती मूल्य भने ८३ डल

        र अर्थात करिब १०,००० रुपैयाँ मात्र रहेको छ । ६.२६ इन्चको डिस्प्ले भएको यो फोन ३२ जीबी र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

१३ मेगापिक्सेलको मुख्य क्यामेरासहित पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा यसमा छ । फोनमा ३,५०० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसको स्क्रिन टु बडी रेसियो ९०.३ प्रतिशत रहेको छ ।

चिनियाँ मोबाइल ब्रान्डको रुपमा रहेको जिओनी एकसमय नेपालमा समेतका केही मुलुकमा लोकप्रिय रहेको  थियो । हार्मोनी ओएस सहितको जिओनी जी १३ स्मार्टफोनको ३२ जीबी र १२८ जीबी भेरियन्ट हाल जेडी डटकममा प्रि-सेलको रुपमा बिक्री भइरहेको छ ।

यो फोनको मुख्य आकर्षण आईफोन १३ को डिजाइन भने होइन । प्रोडक्ट डिटेल पेजअनुसार बरु यस प्रतिको आकर्षण नयाँ ‘एचएमएस’ (ह्वावे मोबाइल सर्भिसेस) इकोसिस्टम र हार्मोनी ओएस नै हो ।

जिओनीको उक्त पेजमा व्याख्या गर्दै भनिएको छ, ‘सबै सन्दर्भमा यो नयाँ हार्मोनी ओएसले नयाँ स्मार्ट जीवनको अनुभव ल्याएको छ । डेस्कटपलाई स्वतन्त्र रुपमा यसमा समेट्न सकिन्छ ।

गत वर्षको जुन महिनामा बहुप्रतिक्षित हार्मोनी ओएस टु औपचारिक रुपमा सार्वजनिक भएको  थियो । त्यसयता हार्मोनी ओएसमा ३० करोड प्रयोगकर्ता पुगिसकेका छन् ।

अहिलेसम्म हार्मोनी ओएस सहितका ह्वावे प्रयोगकर्ता २२ करोड छन् । जसमा स्मार्टफोन, टिभी, स्पिकर र स्मार्ट वाच प्रयोगकर्ता समेत छन् ।

टेकपाना बाट साभार