माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौं, १३ माघ ।
राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।