सेनाको क्याप्टेन हुँ’ भन्दै जोशमा होस् गुमाउने चर्चित ‘डन’ पक्राउ

काठमाडौ। सेनाको क्याप्टेन हुँ’ भन्दै साढे दुई सय किसानका दुई करोडबराबरका खसी ठगी सेनाको ‘क्याप्टेन हुँ’ भन्दै किसानसँग खसी ठगी गर्ने सोलुखुम्बु लिखुपिके– २ का २८ वर्षीय दिपेश बस्नेत पक्राउ परेका छन्।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बालाजुको हिरासत कक्षमा राखिएको छ। सेनाको विभिन्न ब्यारेकमा आवश्यक परेको भन्दै उनले किसानसँग उन्नत जातको खसी मगाउँथे। बदलामा किसानलाई रकम नभएको चेक थमाउँथे।

अनि आफू सम्पर्कविहीन बन्थे। पीडितका अनुसार उनले दुई सय ४१ भन्दा धेरै किसानसँग दुई करोड रुपैयाँभन्दा धेरै मूल्यबराबरको खसी ठगी गरेको खुलेको छ। खसी दिएर दुई लाख २८ हजार गुमाएका कालिकोट सानी त्रिवेणीका मदन साउदले भने।

सेनाको ब्यारेकमा हिमाली खसी आवश्यक परेको भन्यो। परिचय माग्दा सेनाको क्याप्टेन हुँ भन्थ्यो। गाउँबाट खसी खोजेर काठमाडौं ल्याएँ। उसलाई दिएँ। चेक दियो, तर कहीँ साटिएन ।