बाल गायिका आयुषा गौतम र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा मनै छुने गीत ‘आउन आमा’

काठमाण्डौ । पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत आउन आमा भर्खर मात्र सार्वजनिक भएको छ ।

पारिवारिक कथामा बनेको सो गीतले समाजमा ठुलो परिवार प्रति हुने बाल बच्चाको बेवास्तालाई राम्रो सँग उठाएको छ । गीतको शब्द,संगीत र भिडियो समेत निकै उत्कृष्ट बनेको छ ।

गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका छन भने गायक पशुपति शर्माले गीतको लय सिर्जना गरेका छन । दुर्गा पौडेललको भिडियो निर्देशन रहेको गीतमा आयुषा गौतम,सुशिल पोख्रेल,अन्सु महर्जन,डिसेन्ट पौडेल र सविता पौडेलले अभिनय गरेका छन ।