संजिव न्यौपाने र साया भण्डारीको मनछुने अभिनयमा आयो दुनिया रुवाऊने मार्मिक दोहोरी गित (भिडियोसहित)

काठमाडौं, नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच चर्चित दोहोरी गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको नया दोहोरी गित ‘बाचे आऊला फर्केर’ सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी दोहोरी गायिका टिका सानुको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा गायक प्रदिप त्रिपाठी र पछिल्लो समयकी लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा सजिएको छ । गायक त्रिपाठीको लय रचना रहेको गितमा संजिव न्यौपानेको थेगो संकलन रहेको छ । घरमा बस्दा आभावै आभाव परदेशी हुदा सबैको दवावै दवावमा बाच्नुपर्ने यथार्थ कहानी गितमा दर्शाईएको छ ।

कपिल लामाको निकै उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा संजिव न्यौपाने, साया भण्डारीको मनछुने अभिनय रहेको छ भने बाल कलाकारमा खुशी गुरुङ र
रिदिक रानाभाटको अभिनय रहक छ।

समर कृयशनको प्रस्तुतिमा रहेको गितको म्युजिक भिडियोमा विपिन चौलागाईको छांयाकन एवम् शिव पौडेलको सम्पादन रहेको छ । भिडियो अत्यन्तै मार्मिक बनेको छ, गितका प्रत्येक शब्दले मन पोल्छ, भिडियोका प्रत्येक सिनले निकै भावुक वनाऊछ ।

उक्त गितको म्युजिक भिडियो Sanjeev Neupane को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै युटुवमा निकै राम्रो राम्रो प्रतिकृया आएको गायकले बताऊनु भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :