पूर्व मन्त्री/राजदूतहरु सम्मानित, सेलिब्रिटिहरु दूत नियुक्त र ‘लुम्बिनी कुटनीति’ अवधारणा विकास

पूर्व प्रधानमन्त्री एबं एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा उहाँकै निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बुद्ध जन्मस्थल विषयमा सिर्जित विस्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले स्थापित लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा आफ्नो उद्धेस्य प्राप्ती कार्यमा उल्लेख्य योगदान दिने छ: जना पूर्व मन्त्री एबं राजदूतहरुलाई सम्मान, १२ जना सेलिब्रिटीलाई अभियान दूत नियुक्त र सरकारलाई शून्य आर्थिक भार पर्ने गरी ‘लुम्बिनी कुटनीति’ अवधारणा कार्यन्वयनका लागि पहल गरिएको छ ।

परंपरागत ढंगले सन्चालन गरिने नेपाली कार्यक्रमभन्दा बिल्कुलै फरक ढंगले सन्चालन गरिएको सो कार्यक्रममा पूर्व मन्त्री एबं राजदूत दीपकुमार उपाध्याय र पूर्व राजदूतहरु मोहनकृष्ण श्रेष्ठ, राममणी पोखरेल, कमलप्रसाद कोइराला, अम्बिका मानन्धर लुईंटेल, मुक्तिनाथ भट्टलाई सम्मान गरियो अभियानको उद्धेस्य प्राप्ती कार्यमा उहाँहरुले पुर्‍याउनु भएको उल्लेख्य योगदानका लागि ।

पूर्व मन्त्री दीपकुमार उपाध्यायले संसदमा लुम्बिनीलाई ‘अन्तराष्ट्रिय शान्ति शहर’ बनाउने प्रस्ताबलाई सर्बसम्मत पारित गराउने, फ्रान्सका लागि पूर्व राजदूत श्रेष्ठले युनेस्कोको मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितको बुद्धको प्रतिमा स्थापित गर्ने कामको पहल, फ्रान्सका पूर्व राजदूत मानन्धरले वुद्धको मूर्ति स्थापना, कोरियाका लागि पूर्व राजदूत कोइरालाले कोरियाको पाठ्यपुस्तकमा बुद्ध जन्मस्थल विषयमा भएको गलत जानकारी सच्याउने, डेनमार्कका लागि पूर्व राजदूत भट्टले स्वीडेनको पाठ्यपुस्तकमा बुद्ध जन्मस्थल विषयमा भएको गलत जानकारी सच्याउने र बेल्जियमका लागि पूर्व राजदूत पोखरेलले पिस प्यालेस हेगमा वुद्धको मूर्ति स्थापनार्थ नेपाल सरकारको प्रतिनिधिका हैसियतमा आबस्यक पहल गर्नुका साथै नेदरल्याण्डमा ३ र बेल्जियममा ३ गरी वुद्धको मूर्ति वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका छ: वुद्धको मूर्ति स्थापना गर्ने महत्वपूर्ण कामका लागि कदर गर्दै सम्मान गरिएको जानकारी अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा कार्यक्रममा गायिका सुनिता दुलाल, मेलिना राई, मिना लामा, अभिनेत्री रेखा थापा, तेक्वान्दो खेलाडी रोमी गिरी, मोडल शोभा महर्जन, चर्चित मोडल सुस्मा अधिकारी , डान्स निर्देशक भुवन श्रेष्ठ, हास्यकलाकार सुवोध गौतम, ब्याटमिन्टन खेलाडी राजकुमार गुरुङ, नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी महासंघका अध्यक्ष दिपक श्रेष्ठ, सोही महासंघका महासचिव शिव सुन्दर थेवेलाई अभियान दूतमा नियुक्त गरियो ।

कार्यक्रममा उपस्थित अभियानका दूतको रुपमा नियुक्ति पाइसकेका विश्व कीर्तिमानी डान्सर बन्दना नेपाल, गायिका प्रमिला राईलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले नेपाललाई विश्वमा चिनाउने ऐतिहासिक गौरवको रुपमा बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा जति फैलाउँदै गयो नेपालको राष्ट्रिय पहिचान र समृद्धिको यात्रा पनि तीव्र गतिमा बढ्दै जाने बताए ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले भने,‘यो कहिल्यै नसकिने र कहिल्यै नटुट्ने अटुट यात्रा हो, जति बढायो त्यति समृद्धि बढ्छ र संसारभरका मानिसले बुद्धको सन्देशलाई नजिकबाट नियाल्ने, शान्तिको सन्देश विश्वभर छर्ने अभियान हो । यो अभियानमा सबै नेपालीले जो जहाँ छ त्यहीँबाट हातेमालो गर्नुपर्छ । यो हाम्रो पुस्ताको लागि मात्र नभएर भावी पुस्ताका लागि पनि गौरवशाली सन्देश दिनका लागि यो अभियान चलाइराख्नु पर्छ ।’ – उन्को जोड थियो ।

लडाईंंमा कमाण्डर हुनुभन्दा शान्तिको दूतको रुपमा संसारमा शान्तिको सन्देश फैल्याउनु ठूलो र महत्वपूर्ण रहेछ भन्ने महसूस गरेपछिका सम्राट अशोकले जसरी आफ्नो कार्यशैलीमा नै पूर्णत: परिवर्तन गरिदिनु भयो ईतिहास र घटनाक्रमले आफूलाई कहीं न कहीं अशोकातिर लगिराखेको र वुद्ध र लुम्बिनीको बिषयलाई विस्वब्यापी रुपमा स्थापित गर्ने काममा आफ्नो योगदान संधै रहिरहने बताए अध्यक्ष प्रचन्डले । उन्ले ‘लुम्बिनी कुटनीति’ का तीन आधारहरु प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हननको प्रतिरक्षा र विस्व शान्ति सबलिकरण यी तिनै कुरा वुद्धसंग सम्बन्धित भएकोले अभियानले आफूलाई दिएको जिम्मेवारी अनुरुप सम्बन्धित मन्त्री र प्रधानमन्त्रीहरुसंग आबस्यक कुराकानी गर्ने बताए ।

सन् २०१३ मा नेपाल युनेस्कोको सदस्य राष्ट्र भएको ६८ वर्ष पुगेका अवसरमा आएका पाहुनाहरुलाई वुद्धको मूर्ति उपहार दिने सोच बनाएर युनेस्कोको मुख्यालयमा मूर्ति स्थापनाको लागि स्वीकृति लिए तापनि नेपालको राजनीतिको कारण मूर्ति ढिला आएको कारण राजदूत अम्बिका मानन्धर लुईंटेलको कार्यकालमा युनेस्कोको ७० औं वार्षिकीको अवसरमा १ सय ६४ सेन्टिमिटर अग्लो, ४८ इन्च चौडाई रहेको १ सय केजी तौलको बुद्धका मूर्ति अनावरण गरिएको जानकारी दिए पूर्व राजदूत श्रेष्ठले ।

बिबादित काम कुराका कारण शक्ति क्षयको संभावना बढ्ने र सर्बमान्य र सर्ब स्वीकार्य काम कुराका कारण गतिरोध न्यूनिकरणस हुने भएकोले नेपालको भू-राजनीतिक अवस्थाका कारण नेपालका तर्फबाट लुम्बिनीका बिषयमा देखिएको अनाबस्यक मौनता र ढिलासुस्तीमा क्रमभंगता गर्दै अभियानको उद्धेस्य प्राप्ती कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रजातन्त्रको सबलिकरण, मानब अधिकारको संरक्षण, विस्व शान्ति अभियान सबलिकरणमा योगदान जस्ता कुराका आधारमा नेपाल सरकारलाई शून्य आर्थिक भार पार्ने गरी प्रभावकारी ढंगले काम गर्न आफूले ‘लुम्बिनी कुटनीति’अबधारणाको विकास गरेको बताउँदै आफूले त्यसका सम्बन्धमा तयार गरेको डकुमेण्ट हस्तान्तरण गरे विस्व संयोजक श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि प्रचन्डलाई । । सात देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई ती देशको पाठ्य पुस्तकमा वुद्धको जन्मस्थल बिषयमा भएको गल्ती सच्यान अनुरोध गर्दै आफूले लेखेको अनुसन्धानात्मक प्रतिबेदनमा यही अबधारणाकै आधारमा लेखिएको र सो प्रतिबेदनकै आधारमा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरी संस्कृति मन्त्रालयले पररास्ट्र मार्फत ती देशमा पठाए तापनि नेपाल सरकारद्धारा फलोअप पनि गरिने हो भने छ: देशमा सहजै सुधारिने बताए श्रेष्ठले । श्रेष्ठले प्रचन्डलाई एक्काइसौं शताब्दीको अशोक बनेर विस्व शान्तिमा योगदान पुर्याउँदै पहिचानको पाटोलाई बिस्तार गर्न पनि सुझाब दिए ।