टिकटक भाइरल स्मारिका ढकाल र समारिका ले खेलेको दोहोरी गीत भाइरल

लोकप्रिय गायक रेशम निर्दोष र गायिका शान्ति श्री परियारको आवाजमा नया लोकदोहोरी गीत ‘बन्दुक भरुवा’बजारमा आएको छ।पछिल्लो समय शान्ति श्री परियारको आवाजमा आएका सबैजसो गीतहरु सुपरहिट हुदै आइरहेको बेलामा यो पनि एक बहुप्रतिक्षित गीतको रुपमा बजारमा आएको हो। गीतमा राज कुमार थापा र युबराज पराजुलीको संयुक्त प्रस्तुति रहेको छ।

गीतमा युबराज पराजुलीको लय र शब्द सृजनामा बजारमा आएको उक्त गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।गीतले एक प्रेमी प्रेमिकाको कथालाई बिशेष भूमिकामा जोड दिएको छ।भिडियोमा टिकटक स्टार स्मारिका र समारिका ढकालको बिशेष भूमिका देख्न सकिन्छ भने पुरुष कलाकारमा सुनिल क्षेत्रीले अभिनय गरेका छन।

सुनिल छेत्रिकै निर्देशन रहेको गीतको म्युजिक भिडियोको सम्पादन भने मनोज कार्कीको रहेको छ।करण चैसिरको छायांकन भित्र तयार भएको गीत निकै मन छुने रहेको र गीतको भिडियो आम दर्शकले मन पराउने पक्का देखिएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।भिडियो हेरौ :