पोखरामा अस्पतालको बस भित्र भ’र्खरै जन्मेको बच्चा फा’लेर कता भा’गिन आमा : टिकटक भा’इरल । exclusive

पोखराको पस्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एकाबिहानै अचम्मको घटना भएको छ ।

पोखराको राम्घात्मा रहेको पस्चिमाञ्चल क्षेत्रिय अस्पताल (सरकारी अस्पताल )को परिसरमा राखिएको पुरानो बसभित्र आज बिहानको समयमा एकजना सुत्केरी महिलाले बच्चालाई जन्म दिएर बच्चालाई त्यही बेवारीसे अवस्थामा फालेर भागेकी छन् ।

एकाबिहानै सौचालय गर्नको लागि झाडीमा गएका एकजना पुरुषले कता बिरालोको बच्चा करायो भनेर हेर्दै जाने क्रममा अस्पतालमा पार्किङ्ग गरेर राखिएको पुरानो बस भित्र भर्खरै जन्मेको शिशु फेला पारेका हुन् ।

बस भित पुरै रगत बगिरहेको थियो भने त्यतीबेला सम्म पनि शिशु चलिरहेका थिए । बिगत केहि दिन देखि पोखरामा मौसम बदली भएको छ भने आज पनि पोखराको मुसम निकै चिसो रहेको थियो । बिहानको समयमा भर्खरै जन्मेको शिशु देखे पछि उनले ओरेपरी सबैलाई बोलाए र अस्पतालमा पुर्याएका थिए ।

अहिले हामीले कार्यक्रम तयार पार्ने अवस्था सम्म पनि बच्चाको अवस्था राम्रो रहेको र बच्चा खतरामुक्त रहेको भन्ने जानकारी अस्पताल प्रशासनले दिएका छन् भने शिशुको पस्चिमाञ्चल क्षेत्रिय अस्पतालमा नै उपचार भैरहेको छ ।

कसको बच्चा होला र अब कसको जिम्मा लगाईनेछ भन्ने बारेमा हामीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारी संग सम्पर्क गर्ने प्रयास गरेका थियौ तर उनको फोन ब्यस्त को व्यस्त रहेको छ । यस बिषयमा प्रहरी बोल्न नचाहेको हो वा सुचना दिन नमिल्ने हो भन्नेमा अन्योल कायम नै रहेको छ भने हाल सम्म पनि यस बिषयमा प्रहरीबाट कुनै जानकारी प्राप्त भएको छैन ।

सानो शिशु बेवारीसे अवस्थामा फेला परेको समाचार सामाजिक संजालमा भाईरल भएपछी यति बेला धेरै मानिस हरु आखिर के रहेछ वास्तविकता ,बच्चाको अवस्था कस्तो छ भन्ने बारेमा सोचिरहेका छन् । सबै प्रश्नहरुको उत्तरको लागि यो भिडियो हेर्नुहोस अस्पतालमा पुग्दा यस्तो देखिएको छ ।