नेटफ्लिक्समा प्रदर्शन हुने अमेरिकी धारावाहिकमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा एक पछि अर्को अभिनय गर्दै

विजय थापा । बिश्व प्रसिद्ध अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी अमेरिकी धारावाहिक चलचित्रमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा चलचित्रमा अभिनेता (कलाकार)को रुपमा प्रवेश पाएका छन् ।

उनले एक पछि अर्को अमेरिकी चलचित्रमा मौका पाएका छन् । उनले गरेको अभिनयलाई मन पराईकोले उनि अमेरिकामा बन्ने चलचित्रमा दोश्रो पटक पनि अभिनय गर्न पाएका छन् । यो सबैको लागि गौरवको कुरा हो । यसरी दोश्रो पुस्ताले अमेरिकी मूलधारमा मौका पाउनुले भबिष्यमा सबैको लागि ढोका खुल्ने सम्भावना बढेर आएको छ ।

निर्देशक माइक फ्लानागन अमेरिकी चलचित्र निर्माता,निर्देशक,लेखक हुन् भने उनका चलचित्रहरु क्रमस अकुलस,हस ,वेक ,ओरिजिन अफ एभिल लगायत रहेका छन् ।

नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र माइक फ्लानागनको निर्देशनमा बनाइने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रमा १५ जना अभिनेताहरु बीचमा सापकोटा पनि परेका हुन् ।

यता सौरियन सापकोटाका पिता डा संजीव सापकोटा(सामाजिक अभियन्ता)ले नेपाली समुदायलाई सहित सम्बोधन गर्दै तपाईहरुको आशिर्वाद र शुभकामनाको कारण आफ्नो छोराले एडगर एलान पोले लेखेको कथा फल अफ द हाउस असरमा अभिनय गर्न पाएको सामाजिक संजाल अनुहार किताव(फेसबुक)मा केही शब्दहरु लेख्दै खुशी व्यक्त गरेका छन् ।

सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट कल्ब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२ मा प्रदर्शन हुने पिता डा संजिव सापकोटाले बताए ।

सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित बिश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए । उनि बिदेशमा जन्मिएता पनि नेपाली भाषा पनि त्यतिकै राम्रो संग बोल्न सक्दछन ।