देव र नम्रताको अभिनयमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पुर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ । आफनो मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मा समावेश गरिएको छ ।

पुर्ण बिरही को शब्द संगीत र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन् ।

गाउँघर को सम्झना ,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोक्का र देव बोहराको अभिनय रहेको छ भने गीत योगेन्द्र चौधरीले छायांकन गरेका हुन् ।

’मेरो प्यारो गाउँ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।