हेर्नुहाेस, यीनै हुन् बच्चालाई फकाएर सुनका गहना लैजाने ठग ! यसरी समात्यो प्रहरीले

पोखरामा बालबालिको गहना चोरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी शुन्दर तिवारीका अनुसार वडा प्रहरी कार्यालय रामबजारको टोलिले बाबालिकाको कानका गहना चोरि गरि भरार रहेको सुचनाको आधारमा २४ वर्षिय ति महिलालाई पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नं.४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा न.।१४ चाउथे बस्ने वर्ष २४ की अम्बिका पुलामी मगर रहेको डिएसपी तिवारीले बताउनुभयो । उनिलाई चोरी गरेको सुनको मुन्द्रा १३ टुक्रा ४८ लाल र सुनको ६ थान मुन्द्रा ४५ लाल सहित नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिएसपी तिवारीले बताउनुभयो ।

यसरी बालबालिकालाई ललाइफकाई अन्य धेरै ठाउँमा यस्तै घटना भएको हुन सक्छ । यस तर्फ बालबालिकाका अभिभावकहरु सचेत बन्नुपर्ने आवश्यकता छ । अबको क्रममा हामीले तनै बालिका रिदम सारु र उनका परिवारसंग घटनाको विषयमा गरिएको कुराकानी र घटनाको अनुसन्धानको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीसंग कुराकानी गरेका छौँ । हामीलाई अन्तिम सम्म हेर्नुहोला । भिडियाे हेर्नुहाेस |