पोखरामा समातियो अचम्मको चोरी गर्ने महीला बालबालिकाको कानको मुद्रा यसरी हुदोरहेछ चोरी सुन्दा सबै अचम्मीत भिडियो सहीत

पोखरामा बालबालिकालाई डर त्रास देखाई सुनको मुन्द्रा चोरी गर्दै हिँड्ने २४ वर्षीय युवती पक्राउ परेकी छन् ।

कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूबाट अन्दाजी वर्ष ५ देखी ९ वर्ष सम्मका ५ जना बालबालिकाहरूलाई ललाई फकाई, विभिन्न डर त्रास तथा धम्की समेत दिई बालिकाहरूले कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने युवतीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

बालबालिकाहरूको कानमा लगाउने सुनको मुन्द्रा चोरि फरार रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पीडितहरूले दिएको हुलियाका आधारमा खोजतलास गर्दै जाँदा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं.४ स्थायी घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१४ चाउथे बस्ने २४ वर्षीय अम्बिका पुलामी मगरलाई पकाउ गरेको हो । पुलामीको साथबाट प्रहरीले चोरी गरेको सुनको मुन्द्रा १३ टुक्रा (तत्काल तौल गर्दा ४८ लाल) र सुनको ६ थान मुन्द्रा (तत्काल तौल गर्दा ४५ लाल) वरामद गरेको छ।

पुलामीलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। भिडियो सहीत |