एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

काठमाण्डौं ।
क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ ।

विदेशमा बस्ने एनआरएन नेपालीको कथा समेटिएको गीतमा विदेशमा बस्ने नेपालीको पिडा, नेपालमा गरेको समजसेवा र नेपाल प्रतिको मायालाई समेटिएको छ ।

विदेशमा बसेर नेपाललाई धेरै माया गर्ने गीतकार प्रमिला बस्नेतले एनआरएनको नेपाल प्रतिको माया र प्रेमलाई समेटेर यो गीत तयार गरिएको जनाएकी छिन् ।

विदेशमा बस्ने कतिपय नेपालीले वाध्यताले त्याँहाको सिटिजनसिप वा ग्रीन कार्ड लिएका हुन्छन् । त्यो लिदैमा नेपाली मन र नेपाल प्रतिको माया नमेटिने गीतमा उल्लेख भएको छ । त्यस्तै विदेशमा कामको सिलसिलामा बसेका नेपालीको पिडा पनि गीतले बोकेको छ ।

यो गीतको भिडियोमा पनि चारै जना गायक गायीका तथा प्रमिला बस्नेत, देवी अधिकारी र केशव अधिकारीको अभिनय रहेको छ । भिडियोमा बासु बरालको छायांकन, देबेन्द्र कुवरको क्रोरियोग्राफी तथा कृएटिभ डाइरेक्सन र अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा नेपाल र नेपाल वाहिरको दृष्य समेटिएको छ । डाक्टर घनश्याम खतिवडाको स्वरमा न्यारेसन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।