पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ मंन्चन हुने,

पथरी– मोरङको पथरीशनिश्चेर–२ मा स्थापित हरियाली सामुदायिक वनको सभाहलमा मनबहादुर मुखियाद्वारा लिखित नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने भएको छ । मंसिर ५ देखी ११ गते सम्म सो नाटक मंन्चन हुने भएको हो ।

नाटकलाई वि.सं.२०३३ सालमा प्रज्ञा प्रतिष्ठानमा लेखक मुखियाकै निर्देशनमा मंन्चन भएको थियो । पून बि.सं. २०७४ सालमा शिल्पी थिएटरमा जीवन बरालको निर्देशनमा मंन्चन भएको थियो । हाल सो नाटकलाई शब्द कला समुहको आयोजनामा शब्द थिएटरले मञ्चन गर्ने भएको छ । नाटकमा बरालकै निर्देशन रहेको छ ।

सो नाटक समाजमा घटेका यथार्त घटनाहरु, हामी कसरी बसाइँसराई गरेर पहाडबाट तराईमा झरर्याै, यस्तै उतारचढाव रहेको कुरा नाटकका निर्देशक जीवन बरालले जानकारी दिए । उनले कुरा थप्दै भने, ‘हाम्रो समाजमा शोषक–सामन्त कस्ता हुँन्थे उनीहरुले गाँउलेहरुलाई कसरी दुःख दिन्थे । हामी आफैले बुझ्ने गरेको समाजको कारुणिक चित्र यस नाटकमा देखाइनेछ’ ।

नाटकमा शब्द थिएट, झोराहाट थिएटर, कदम थिएटर, सृजना घर, शेलो थिएटर र बिराट आदर्श साहित्य मंन्चका कलाकारहरूले अभिनय गर्ने नाटकका सह–निर्देशक सुमन कुईकेलले जानकारी दिईन् ।

जसमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायत रहनेछन् । नाटकको संगीत संयोजन देव गुरुङले सम्हालेका छन् । यसैगरी नाटकको व्यस्थापकमा सरोज तिम्सिना, निर्माण नियन्त्रणमा पर्शुराम न्यौपाने रहेका छन् । नाटकमा कोरियोग्राफी राम वि.क.को रहेने छ ।