केटा केटा विवाह ससुराली पुग्दा जङ्गी बाबाले थर्काए,चल्यो रुवाबासी,जङ्गीले गरे डरलाग्दो भविष्यवाणी,समलिङ्गी बिबाह (भिडियो सहित)

पछिल्लो समय एकपछि अर्को गर्दै केटा केटा विवाह गर्ने चलन बढिरहेको छ । केही समय अगाडि झापाको दमकका रुपक र अनुभवले बिबाह गरेका थिए । त्यसपछि निकै तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको खुलेरै बाहिर आउन थालेका छन । भर्खरै काठमाडौंमा एक पुरुष जोडिले सिन्दुर नै लगाएर विवाह गरेका छन । रामेछाप घर भएका पुरुषले मोरङ्गका पुरुषसँग विवाह गरेका छन । फेसबुकमा बसेको माया प्रेम बिस्तारै विवाहमा परिणत भएपछि दुवै पुरुष एकअर्कामा खुसी रहेको बताउँछन । रामेछाप घर भएका आर्थिक बस्नेत र मोरङ्को उर्लाबारीका धिरज बस्नेतको अचम्मकाे विवाह नै भएको छ । सिउँदोमा सिन्दूर नै भरेर उनीहरुले विवाह गरेका हुन ।

घरपरिवार बाट दुवैतिर स्वीकार गरिसकेको र आफूहरु एक-अर्का बिना बाँच्नै नसक्ने भइसकेको उनीहरुले बताए । भर्खरै विवाह गरेको यो जोडी अहिले उर्लाबारीस्थित धिरजको माइती अनि आर्थिकको ससुरालीमा आइपुगेको छ । माइती ससुराली आइपुगेको यो पुरुष जोडीको जम्काभेट पछिल्लो समय निकै चर्चामा रहेका जंगि बाबा सँग भएको छ । जंगी बाबाले बर्खाले विवाह गरेका जोडीलाई एकपछि अर्को गर्दै कडा कडा प्रश्न सोधेर सबैलाई चकित बनाएका छन । दुबैजना बस्नेत भएको र विवाह गर्दा पनि कसरी विवाह भयो भनेर सोध्दा दुवैजना मौन भए । त्यसपछि दुबैजनाको भविष्यवाणी गर्दै जन बाबाले यस्तोसम्म भनेपछि रुवाबासी नै चल्यो । आखिर किन रोए त भर्खरै विवाह गरेका पुरुष जोडी जंगी बाबाले फर्काएपछि आसु थाम्न सकेनन । तलको भिडियोमा हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।