धर्मराज गिरीको लय, शब्द टिका पुनको स्वरमा तीज गीत ‘शिरफुल मेराे’ सार्वजनिक

काठमाण्डौ, भाद्र १ | चर्चित सुर्खेती सर्जक धर्मराज गिरीको लय, शब्दसंगै चर्चित गायिका टीका पुनकाे स्वरमा सुसज्जित तीज गीत ‘शिरफुल मेराे’ सार्वजनिक भएको छ ।

उनको यसअघी हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता दर्जन बढी सुपहिट गितले अपार सफलता प्राप्त गरिसकेको छ ।

प्रस्तुत गीतको भिडियोमा दीक्षा गिरीकाे अभिनय तथा नृत्य रहेकाे छ ।

धर्मराज गिरीकै निर्देशन समेत रहेको यस् भिडियोमा अर्जुन सापकाेटाको छायांकन, निर्मल प्याकुरेलको सम्पादन तथा रंग संयाेजन छ भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे छ ।

गीतकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस्ले गरेकाे हाे भने ईकुपमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे ।

भिडियाेलाई श्रीनाथ अनलाईन टि.भी काे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।