खब,रदार एमसीसी पास गर्ने कुरा कल्पना पनि नगर, आफ्नो आमालाई बेच्ने कुरा गर्छौ ? भन्दै गर्जिए बिदेशमा दुख पाएर फर्किएका एक युवा – भिडियो सहित

एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरू योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशीबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठूलो दु:खको सामाना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ ।

एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ ।

एमसीसीको ५० करोड डलर अनुदान र सरकारको समकारक कोषको १३ करोड डलर गरी ६३ करोड डलरमा ३१२ किमि उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ सबस्टेसन र नेपाल–भारत सीमापार प्रसारण लाइन अनि ९९ किमि सडक स्तरोन्नति हुन लागेको छ । यस्ता सहयोग विगतमा नआएका होइनन् । यसरी नै विदेशीले सहयोग गर्ने तर सहि ठाउँमा सदुपयोग नगर्ने हो भने यस्तो सहयोग नलिदा उपयुक्त हुनेछ । एमसीसी पास भए के होला भनेर पुन्य गौतम र खेम गौतम ले केहि आफ्नो कुरा राखेका छन हेरौ भिडियो