आजको राशिफल बि.सं. २०७८ साल साउन १७ गते आइतबार सबैको कल्याण होस् !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७- ९८४२१९७३५

आजको राशिफल बि.संं २०७८ साल साउन १७ गते आइतबार ई.सं.२०२१ अगस्ट १ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा मीन राशिमा, भरणी नक्षत्र, गण्ड योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः२७ बजे, सूर्यास्त साँझ ६ ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूणर् कार्यका लागि बाहिर निसकनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूणर् कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । आज खीर विश्व स्तनपान सप्ताह प्रारम्भ रहेको छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूणर् ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । आज विद्यार्थीहरूका लागि प्रतिष्ठित काम गर्ने अवसर छ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिहान बाह्रौं भावमा रहेको चन्द्रमाका कारण दिनभरि विभिन्न समस्या झेल्ने समय छ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । मूल रूपमा आज दुःखसुख,सफलता-असफलता उस्तैउस्तै होला । अपराह्नपछि आफ्नै घरमा चन्द्रमाको प्रवेश भए पनि शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । पाहुनाको स्वागत सत्कार गर्नुपर्छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । व्यापार व्यावसायमा मिश्रित अवस्था हुनेछ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा बैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज छात्रछात्राको पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन, त्यसैले गुरु र मान्यजनको सल्लाह र सुझावलाई पालना गर्नु मुनासिब हुने देखिन्छ । आमव्यक्तिका लागि विश्वासको वातावरण बन्नेछ, निणर्यात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । शत्रुहरू पराजित हुनेछन् ।
आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नीलसरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाईका लागि घरायसी सम्बन्ध सुमधुर रहने दिन छ । मातापिता र मान्यजनको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्ने र काम बनाउने दिन हो । अरुले पनि आज ठूलाबडाको सहयोग पाउने दिन छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापारव्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । छात्रछात्राले चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सक्नुपर्छ। प्रतियोगितामा सफल हुने दिन छ ।
आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूणर् काम बन्नसक्छ । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय आएको छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन। सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । छात्रछात्राको उन्नति हुने समय छ ।
आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज तपाईका लागि मध्यान्ह सम्म आठौं भावमा चन्द्रमाको गोचर हुनेछ। व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । अनुभवी र जानकार व्यक्तिको सल्लाहरसुझावलाई अनुसरण गरेको राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा राम्रो छ, टाढा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । कडा परिश्रमको प्रयोग गरी सुखद परिणाम हात पर्ने सम्भावना छ । साँझपख परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नेछ । रोकिएका प्रशासनिक काम अघि बढ्नेछन् ।
आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अब रमाइलो त्यागेर कार्यप्रति सजगताका साथमा खट्ने समय आएको छ । यद्यपि महत्वपूणर् घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले बेलुका घरपरिवारमा असमझदारी बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ ।
आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । छात्रछात्राका लागि व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । बेलुकीपख मन रोमान्टिक बन्न सक्छ ।
आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलतका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिनको सुरुवातमा केही समय ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि मानसिक चिन्ता र छटपटीले व्याकुल भइने छ । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर विद्यार्थीहरूको बौद्धिक र चिन्तनमूलक काममा नै दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । गृहिणीहरूले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको स्थिति ब्यहोर्ने दिन हो, परिस्थिति विपक्षमा भएकाले आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । पेटमा विकार आउने सम्भावना छ, खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व आज कार्य सफलतका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले एकाबिहानै निराशाको अनुभूति हुनसक्छ, मान्यजनसँग असमझदारी बढ्न सक्छ । गृहिणीहरूले सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । व्यवसायीहरूले सम्पत्तिको विवाद छ भने निराकरण गर्ने बाटो खोज्ने अनुकूलता मिल्न सक्छ वा छलफल हुनसक्छ । छात्रछात्राले पढाइलेखाइमा ध्यानकेन्द्रित गर्नु ठीक हुन्छ, प्रतिस्पर्धामा फाइदा हुँदैन । साँझपख पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि बौद्धिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ ।
आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज तपाईको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन हो । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । इष्टमित्रले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित विवाद पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।
आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तपाईका लागि मिश्रित प्रभाव भएको दिन छ । वित्तीय पक्षमा राम्रो छ । सभा-समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढने छ। आलोचकहरू बढ्ने सम्भावना छ । उता विश्वासपात्र र सहयोगीले आआफ्ना बाध्यता तेर्स्याएर टाढिने परिस्थिति बन्नेछ । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम गर्नका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने छ, खानपान र मोजमज्जाका लागि खर्च गर्न मन हौसिने छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ ।
आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।