अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

विजय थापा , डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका यूवा उत्सव सिंह अन्तिम चरण(फाइनल)मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका(म्यागजिन )ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फाइनलबाट उनि फाइनलमा प्रवेश गरेका छन् ।

स्मरण रहोस ,सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा सहभागी भै दुईवटा स्वर्ण पदक हात पार्ने उनि नेपाली मूलका पहिलो व्यक्ति हुन् ।

जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमी फाइनलबाट फ़ाइनलमा प्रवेश गर्दै अर्को फड्को हानेका छन् । उनले सबै विश्वमा रहनु हुने सबै नेपाली समुदायलाई मतदान गर्न आग्रह गरेका छन् । अन्तिम चरण अर्थात् फ़ाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे ( प्यासिफिक समय )सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भै सकेको छ ।

८ वटा समुह रहेकोमा उनि आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्प्रद्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा बिजेताको तस्विर उक्त पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ ।

अमेरिकी ईतिहासमा नेपाली समूदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भै अन्तिम चरणमा पुग्ने पनि अहिले सम्म उनि एक मात्र नेपाली हुन् । उनि बिजेता भएमा केही समाज सेवामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

मतदान गर्न यहाँ थिच्नु होस्