लोकप्रिय नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’ सार्वजनिक (भिडियो)

लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नेपाल आइडल सिजन दुई’ की थर्ड रनरअपपछि नै दर्जनौं हिट गीत सांगितिक बजारमा दिईसकेकी अहिलेकी चर्चित गायिका अस्मिता अधिकारी र पहिला आफ्नै ५ वटा सोलो गाइसकेर पहिलो पटक संयुक्त रुपमा गाउने मेलबर्न निवासी गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’ मा पुजा शर्मा र सर्वाधिक हिट गीत ‘फुलबुट्टे सारी’ का मोडेल आनन्द सिंहको अभिनय रहेको छ ।

टंक बुढाथोकीको शब्द, संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ । सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाकी राखेका छैनन । निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन ।

भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन । पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन, बिकास दाहालको सम्पादन छ ।

टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई रिलिज भएसंगै रफ्तार लिदैछ र शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ ।