निकै रमाइलो नया तिज गीत “म तिम्रै कान्छु” भर्खर मात्र सार्वजनिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका नजिकिदै गर्दा थुप्रै नया तिज गितहरु सार्बजनिक हुने क्रम तिब्र देखियको छ। बिस्वनै त्रासित भएको यो विसम परिस्थितिको वावजुत पनि नेपालि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम तीजका गितहरु सार्बजनिक गर्दै आयका छन्।

यसै बिच लोकप्रिय कलाकार मेक्सम खाती र समिक्ष्या अधिकारी आवाज रहेको निकै रमाइलो गीत “म तिम्रै कान्छु” भर्खर मात्र सार्वजनिक भएको छ ।