अन्जु पन्तको नेपालमा तयार गरिएको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक

काठमाण्डौं ।

नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्की सकेकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्त को आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । यस अगाडि पनी नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा मा आफनो आवाजको जादु अन्जुले छरि सकेकी छिन ।

डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । प्रेमी प्रेमीका विचको माया प्रेम लाई गीतमा समेटिएको छ । मायालु जोडि विचको प्रेमका भावहरुलाई समेटिएको छ ।

गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन । हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन ।

“युं ना हो जाता ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।