साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा म्युजिक भिडियो सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा गायक चिरञ्जीवी भण्डारीको स्वरमा रहेको गीत

”जब आफ्नाले तुच्छ वचन बोलेपछि कसको के नै लाग्छ र
जब दैव पनि रिसाएपछि कसको के नै लाग्छ र ”

बोलको मन छुने पीडादायी अत्यन्तै हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको जिन्दगीमा यदाकदा यस्ता घटना भैरहने कथा बस्तुलाई समेटेर गीतले मागे अनुसार सुहाउँदो कथा वस्तु समाबेश गरेर भिडियो तयार गरिएको छ । सार्वजनिक भिडियोमा सुभाष तिमिल्सिना, मन्जिला बुढाथोकी र सुरेन्द्र महर्जनको अभिनय रहेको छ ।

निर्देशक सुभाष तिमिल्सिनाको निर्देशनमा केशव विश्वकर्माबाट छायांकन गरिएको उक्त भिडियोको एरेन्जर आशिष लामाको रहेको र संगीत चिरञ्जीवी भण्डारीको छ र मोहन सुनुवारको इडिटिङ्ग रहेको छ ।