“म बोल्छु” भन्दै युवा सडकमा

इटहरी,
बर्तमान समयमा देशमा मौलाएको भष्ट्राचार ,अनियमितता र बड्दो सत्ता खिच्चातानी विरुद्ध इटहरीको गोलो चोकमा प्रदर्शनी भएको छ |

“म बोल्दैछु अब तपाई नि बोल्नुहोस”, म पैदल हिन्दै कर तिरेर आए सरकार करौडौको सवारीमा थिए ,छाक कटाएर कर तिर्छु सरकार तिमि आफ्नालागि महल बनाउ ,म बोल्छु अब मौनताले देश डुब्यो ,युवा खाडीमा मन्त्रि ज्यु करौडौको गाडीमा ,अब चुप बसे न नेपाल रहन्छ न नेपाली ,मेरो अनि हाम्रो मौनता भ्रष्टाचारिका लागिका लागि हिम्मत भयो ,देशले गुहारी रहेको छ ,र अब अत्ति भयो ,अब त बोल्छु जस्ता नारा युवाले पम्पलेटमा लेखेर मौन उभिएका हुन् |

उक्त कार्यक्रमका अभियन्ता शम्भु राई अनुसार “एउटा समुह देश लुट्न व्यस्त छ भनी आम जनाता त्यो देखेर पनि चुपचाप छन र देश लुट्नेका लागि त्योनै शक्ति बनेको र आफु संचेत हुदै जनतालाई जनचेतना जगाउने कार्य भएको बताएका हुन् |

कार्यक्रममा ४० भन्दा माथि युवाको सहभागिता थियो |