हवल्दार दाइलाइ आफ्नै भाइले छुरी हानेर मार्यो भन्दै बुबा डाको छोडेर रोए, कोठामा पस्दा सबै डराउने दृश्य (भिडियो सहित)

मोरंग । पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति भएको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ।

गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पुर्‍याएको केही बेरमै चिकित्सकले मृत घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भएपनि कुन हतियार हो भन्ने यकिन भएको छैन।‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर रगत लतपतिएको छ।’उनले दाजुको हत्यामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए।