अमेरिकामा महाबिर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान

अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् ।

डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो भने यो समस्त नेपाल र नेपालीको गौरवको बिषय हो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गरि सकेको छ ।

ओहायो राज्यको चिलीकथि शहरका नगर प्रमुख ल्युक एम फिनीले अफिस अफ दि मेयर प्रोक्लामेसन अर्थात् नगर प्रमुखको कार्यालयको घोषणा भनि एक सम्मान पत्र डा पुनलाई हस्तान्तरण गरेका छन् ।

यसै गरि ओहायोको रेनोल्डसबर्ग शहरका नगरप्रमुख जो बेगेनिले समेत अफिस अफ दि रोकोग्निसन ओफ महाबिर पुनभनि सम्मान पत्र हस्तान्तरण जुलाई ६ का दिन गरेका छन् ।

पुन हाल अमेरिकाको विभिन्न राज्यहरूमा भ्रमण गर्दै नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट कार्यक्रममा व्यस्त रहेको समयमा उनलाई ओहायोका दुई शहरका नगर प्रमुखले बोलाएर सम्मान गरेका हुन् ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । र ,सबै नेपालीले सक्ने सहयोग गरि रहेका छन् । आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले विदेशमा आर्जन गरेको शिप र ज्ञान पनि सहयोग गर्ने वचनबद्धता र प्रतिबद्धता जाहेर गरेका छन् ।

डा पुनले सुरु देखि नै आर्थिक सहयोगको लागि मात्र नआएको भनि पटक पटक स्पष्ट परेका छन् भने तर समुदायले पुनको कुरा सुने पछि स्वत स्फूर्त रुपमा सहयोग गर्नेको ताती लागेको छ ।

आफै राष्ट्रिय आविष्कार केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिएका छन् ।

अमेरिकाको भ्रमणको लागि सामाजिक अभियन्ता सन्तोष सापकोटाले डा पुनलाई अमेरिकाको भ्रमणमा ल्याउन संयोजन गरेका हुन् । हाल सम्म ६.५ करोड पर्ने ५५ वटा वायु प्रवाहक (भेन्टीलेटर )सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल भित्रिने अनुमान छ।