नेपाल स्वयंसेवक संघले राष्ट्रसेवा लाई समाजसेवाकाे शिखर मान्छ र अब नेपालको एउटै मात्र बिकल्प यहि त हो।

संघका संस्थापक केन्द्रीय अध्यक्ष श्री खेमराज पाैडेल भन्नुहुन्छ- देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ यसका २० विभागीय संगठन यसको उद्देश्य तथा लक्ष्यमा अग्रसर हुन स्थापना २०७६-५-१४ र विधिवत रूपमा दर्ता २०७७-४-२१ काठमाडौंमा भएको हाे। ” नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः” विस्तारको क्रममा रहेको छ। मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतना पूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग तय गर्दछ।

नेपालीहरूको सपना, देश र राष्ट्रको सपना हो । अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना हो । युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन हुन् । युवाहरू आजको राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार, संगठित शक्ति हुन् । हामी नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिवद्ध छौँ । संविधानले मार्गप्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चाहाना समाजवादी समाजको विकास हो । यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरीबी अन्धविश्वास, अशिक्षा, कुपोषणको अन्त्य गर्नु हाम्रा प्रमुख तथा महत्वपूर्ण एजेन्डा हो ।

स्वराेजगार निर्माण गरी देशमै रहने वातावरण बनाइ पलायन राेक्नु, बढ्दो महङ्गी भ्रस्टचार, बलत्कार , देश भित्र तथा बाहिर हुने घुसपैठ, कालोबजारी जस्ता गलत कार्यमा खबरदारी गर्नु यो संघको मुख्य कार्य हो र भूमिका मा हरेक सदस्य जागरुक रहेका छन्। ।
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि अाफ्नै देशकाे सेवा गर्ने स्थायी रूपमा, अार्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारकाे विकास गर्ने उद्देश्यले स्थापना भएकाे थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छाैँ जुन समाजमा लुकेको छैन।

हामी जाग्नकाे लागि एकजुट भई राष्ट्र हितकाे लागि नीति समाजपाेषित बनाउने, महान् बुद्धकाे सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुन: नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ ।

यति मात्र नभएर स्वर्गकाे टुक्रा ठानिने नेपालकाे सांस्कृतिक, प्राकृतिक सम्पदाहरूकाे तिव्र विकास गरी अार्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसकाे लागि हामी सबै एकजुट हुँदै छाैँ र बाँकी सबै हुनुहुनेछ भन्ने अाशा साथै भराेषा छ। हामी अाफैँ हाम्राे देश बनाउने छाैँ।

आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति विकासका लागि र समाज परिवर्तन गर्न युवालाई लक्षित गरी अगाडि बढ्ने योजनामा नेपाल स्वयं सेवक संघ लागि परेको छ।

अहिलेसम्म हामी बायाँ सरने क्रममा रक्तदान कार्यक्रम, राहत, विपत ब्यवस्थापन, खबरदारी, वृक्षारोपण, सरसफाइ पहिलोपटक काठमाडौं जिल्ला समितिले पशुपतिनाथ मन्दिर बाट प्रारम्भ भएको र देशब्यापी ७७ वटै जिल्लामा सेवाकाे रूपमा गर्दै बृहत् संकल्प लक्ष्य भएकोमा राष्ट्रिय अध्ययन हेतु स्थानीय, प्रदेश सरकार तथा केन्द्रमा भेट्ने कार्य गर्याै र अब विभिन्न याेजना मध्ये कृषिक्षेत्रमा ७ वटै प्रदेशमा प्रारम्भिक चरणमा छाै अध्ययन हेतु कृषिमन्त्रालय काे सहजीकरणमा भैरहेको छ।

राष्ट्रिय अध्ययन अनुसन्धान मेचीमहाकाली जागरण अभियान क्रममा अध्ययनअनुसार हामीले हाम्रो देशमा गर्नैपर्ने कार्यहरु:-

१ सुकुम्वासी र सडक मानिशको ब्यवस्थापन: घर बनाइदिने र खेती गर्न दिने वा विस्तारै कर तिरेर आफ्नो बनाउने।
२ सडक बालकको शिक्षा र आवासको ब्यबस्था।
३ भौतिक निर्माण, नगर महानगरमा घरबार बीहिनका लागी घर, भाडाकाघर, प्रत्यक वाडमा प्रोग्राम हल, पुस्तकालय, सौचालय, पुल, बाटा, पार्क, पैदल यात्राका लागी सीडी।
४ खुल्ला बजार ब्यबस्थापन, घरेलू तरकारी जडीबुटी बाहेकका सामान बेच्नेबाट ठाउ छुट्टाउने र ठाउको भाडा लिने। जथाभावी राख्न नपाउने।
५ देशका सीमा निर्धारण गर्ने काम।
६ राजदर्वारमा हत्या गरिएका सबै राज परिवार सदस्यहरुको शालिक निर्माण गरी घटनाको विवरण लेख्ने काम।
७ कृतिपुरमा कृषी बिषय राख्ने काम।
८ टनेलको निर्माण गरी बजार बिस्तार गर्ने काम।
९ पुराना भवन र पुल अनि बाटाहरुको मर्मत कार्य।
१० यातायातको ब्यबस्थापनमा मेट्रो र रेललाई प्राथमिकता दिने।
११ मानवस्रोत परिचालनमा युवाहरुलाई तालिम, कैदीहरुलाई काम, युवालाई विकासका लागी आर्मी बानाइ विकासमा लगाउने।
१२ कर प्रणालीमा सुधार।
१३ शिक्षामा सुधार, १८ बर्षका सबै स्कुल जानुपर्ने।
१४ उध्योगको बिस्तार।
१५ ब्यापक बृक्षारोपण फलफुल र काठ का लागि।
१६ फोहरको प्रयोग गरी विजूली ग्यास मल बनाउने र वातावरणीय सरसफाइ।
१७ पानीको स्रोतको पहिचान र वितरण।
१८ बाडीपहिरो रोक्ने कार्य।
१९ जोखिमपुर्ण वस्तिहरुलाई सार्ने कार्य।
२० बेरोजगारहरुलाई परामर्श सेवा तालिम र काम।
२१ बिदेशमा रहेका सक्षम र विविध विशेषज्ञहरुसगंको समन्वय।
२२ सुरक्षामा नया प्रविधिको प्रयोग।
समाजमा लुकेका विभिन्न संभावनाका खोजी तथा पहिचान गरी कार्यान्वयन गर्न नेपाल स्वयं सेवक संघ सदा अग्र पङ्तीमा रहेर कार्य गरेको छ र गरिरहने छ।