भ्याक्सिन नेपाल मै उत्पादन गर्न सुरु गर्नु पर्छ । डा. एपी शर्मा,

डा. एपी शर्मा,

१. भारतमा एकै दिनमा तीस चालीस लाख भन्दा बढी जनताले भ्याक्सिन लगाउने गर्दछन् । जस्तो हिजो अस्ति त्यहाँ पैंतालिस लाख भन्दा बढि ले एकै दिन प्रयोग गरे ।
२. त्यसै गरि उत्तर छिमेकमा एक करोड भन्दा बढी प्रतिदिन उत्पादन तथा भ्याक्सिन लगाउने गरिँदै छ ।

३. हाम्रो देश नेपालमा के हुँदै छ ? जब कि नेपालीको जनसख्या जम्मा जम्मी बढीमा तीन करोड होला । त्यो मध्ये पनि अस्सी लाख जति युवाहरु विदेश छन् ।
४. दान मागेर गुजारा चलाउने दाउ नेपालको देखिन्छ ।

५. कोरोना अब वर्षौ रहने देखिन्छ, केही वर्ष कम्तीमा पनि। त्यसैले, पेटेन्ट किनेर नेपाल मै उत्पादन सुरु गर्नु हाम्रो लागि एउटा राम्रो विकल्प हो ।
६. बरु पेटेन्ट नेपाल सरकारले किनेर, निजी क्षेत्रका उत्पादकलाई उत्पादनको लागि सहयोग गर्नु राम्रो तथा सजिलो हुने देखिन्छ । यही नै उत्तम विकल्प देखिन्छ ।
अस्तु ।
ए. पोख्रेल ।