आजदेखि लकडाउन खुकुलो भएको छ | डर, अत्यास, चिन्ता मनमा नराखौं ! सतर्कतालाई पूर्ण परिपालना गरौँ ! डा. रबिन्द्र पाण्डे

डा. रबिन्द्र पाण्डे,

आजदेखि लकडाउन खुकुलो भएको छ | यो स्वागतयोग्य कुरा हो |
लकडाउन खुकुलो भएपनि संक्रमण दर २० % भन्दा माथि छ | घातक डेल्टा भेरिएन्टको उत्परिवर्तित स्वरूप डेल्टा प्लस नेपालमा भएको पुष्टि भएको छ |
भाइरसले स्वरूप परिवर्तन गरेजस्तै हामीले पनि आफ्नो ब्यबहार परिवर्तन गरेर भाइरसलाई लकडाउनमा राखौं |

भाइरसलाई हामीबाट अलग्याउन सकेमा महामारी नियन्त्रण हुन्छ | भाइरसलाई अलग्याउने २ वटा उपाय छन् –
१. जति सक्यो खोप आयात गरेर ७० % नागरिकलाई खोप लगाउने |
२. जस्तो अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने / गराउने |

डर, अत्यास, चिन्ता मनमा नराखौं !
सतर्कतालाई पूर्ण परिपालना गरौँ !

देखिने सत्रुभन्दा नदेखिने र रुप फेर्ने सत्रु घातक हुन्छन् | ती सत्रुलाई परास्त गर्न हामीले त्योभन्दा उन्नत रणनीति बनाएर आफ्नो काम गर्नुको बिकल्प छैन |