मोडल सम्झना बुढाथोकीको जन्म दिनकै दिन शंकर बिसीले लेखे भाबुक स्टाटस

लोकप्रिय मोडल सम्झना बुढाथोकीको आज जन्म दिन सोहि दिनको अबसरमा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले भाबुक शुभकामना सहित आफ्नो स्टाटसमा बिगत सम्झेका छन।सम्झनाकै सहयात्रा र उनकै साथको कारण आज यो ठाउँ सम्म पुगेका संकरले आफ्नो बिगत सम्झेर भाबुक् समेत भएका छन।सबै भन्दा पहिले सम्झना बुढाथोकीलाइ लालीगुराँस डटकम टिमको तर्फबाट जन्म दिनको शुभकामना व्यक्त गर्दै पढौ शंकर बिसिको स्टाटस :

Happy birthday samjhana……एउटा समय थियो । नेपाली मिडियामा लोक दोहोरी गीतहरूको दवदवा थियो।सुपारी चाम्रो, नजाउ है सानी पँधेरीमा, लालुपाते नुघ्यो भुईँतिर लगायत गीत र तिनका भिडियोहरूले दर्शक स्रोताको मनमा कब्जा जमाइरहेका थिए।हो… यो त्यही समय थियो जसले ‘शंकर-सम्झना’ जोडी मनोरन्जनको क्षेत्रमा स्थापित गराएको थियो।
कैंयौ अभावका बाबजुद हामिहरू राम्रो भिडियो बनाउन दत्तचित्त भएर लागि परिरहेका हुन्थेउँ।चार पाँच जना कोरसहरुको सहयोग-म्युजिक पिसहरु बज्दा हिमाल र डाँडाकाँडा अनी नदिनाला खिचेर हामिहरुले टिभीमा बज्न लायक भिडियो तयार पार्ने गर्दथ्यौँ।

‘शंकर-सम्झना’ जोडीको अपार सफलता संगै हाम्रो ‘रिल लाईफ जोडी’ लाई धेरै दर्शक स्रोताले रियल लाईफ जोडी नै हुन भनेर झुक्किएको पनि अस्ति भर्खर जस्तो लाग्छ। मलाई कति प्रसंसकहरूले त सोध्नु पनि भयो कार्यक्रमहरुमा, मैले धेरै पटक संझना त मेरो रियल लाईफ बैनी हुन भनेर सफाई पनि दिएको छु। खुशिको कुरा त्यही थियो की हाम्रो जोडीले अमिट छाप छोडेको थियो-दर्शकले मन पराइदिनु भएको थियो हामी त्यही कुरामा खुशि थियौँ, हर्ष विभोर थियौँ र आफ्नो सफलतामा रमाएका थियौँ।
तर, तर समय उस्तै नहुने रहेछ नानी । विस्तारै तिमिमा देखिएको स्वास्थ्य समस्या र अरु विविध कारणहरूले तिमी म्युजिक भिडियोको नियमित काम बाट टाढिंदै गयौ। र हाम्रो जोडीले विश्राम लिए जस्तो देखियो। आज पनि छम्केर नाच्ने कुनै गीतको भिडियोमा म कुनै मोडललाई नचाइरहेको हुन्छु या उ संग नाचिरहेको हुन्छु-त्यो एक्सन- वान टु थ्री फोर पछी मेरो मनमा आउने कुरा भनेकै तिम्रो नाच हो। यहाँ सम्झना भइदिएको भए यो पिस कस्तो बन्थ्यो होला..? मेरा सम्झनाका तरेलीहरूमा आज पनि तिनी नाचिरहन्छ्यौ सम्झना..!

कसैले एक्सप्रेसन विगार्दा या गितको मर्म अनुसारको एक्सप्रेसन दिन नसक्दा या कसैले धेरै टेक खाँदा -कामका यि हरेक स्टेपहरुमा म तिमिलाई सम्झिरहेको हुन्छु। कसैलाई काम प्रतिको लगनशिलता सिकाउदा मैले तिम्रै उदाहरण दिइरहेको हुन्छु। समयको महत्व र काम प्रतिको तिम्रो इमान्दारीता ले पनि मेरो मनमा गहिरो छाप छोडेको छ नानी..!!

बढ्दै गएको शरिरको तौल र थपिंदै गएका जिम्मेवारीहरूले तिमिलाई म्युजिक भिडियोको पर्दा बाट टाढा लगेपनि तिमी आज पर्यान्त पर्दा पछाडी रहेर यही क्षेत्र संग जोडिएर काम गरिरहेकी छौ। यो तिम्रो यो पेशा प्रतिको लगाव हो। म सधैँ तिम्रो लगावको उच्च सम्मान गरिरहनेछु।

तर मेरो रहर अझैपनि तिमीलाई प्रत्यक्ष पर्दामा देख्ने नै छ। बरू योगा गर्ने हो की, प्रसनल ट्रेनर राखेर या अन्य कुनै तरिकाले अझै थोरै मेहनत गरेर अलीकति पर्दा सुहाउदो तौल नियन्त्रण गरेर फेरी तिमी र संगै धेरै म्युजिक भिडियोमा देखिन मन छ…त्यो रहर छ मलाई। किनकी म तिम्रो कामको आज पर्यान्त उत्तिकै ठुलो प्रसंसक हुँ—म तिम्रो फ्यान हुँ सम्झना….!
तिमिलाई आज परेको तिम्रो जन्मदिनको अबसरमा अनेक अनेक शुभकामना दिन चाहन्छु।

अधुरा सपनाहरू सबै पुरा होउन, जिन्दगी खुशि नै खुशीले भरिपुर्ण रहोस। तिम्रो ओठको हाँसो र अनुहारको कान्ति त्यसरी नै सदावहार चम्किरहोस। मनमा शान्ति र शरिरमा स्वास्थ्यले कहिल्यै साथ नछोडोस…नेपाली मनोरन्जन क्षेत्रकी चम्किली नक्षत्र तिमी -तिमिलाई जन्मदिनको अनेक अनेक शुभकामा