लकाडाउनमा भोकभोकै बिजोक वृद्धहरू,भगवान बनेर अन्तराष्ट्रीय मानवता समूह झापाले १९ घरपरिवारलाई राहत वितरण गर्यो (भिडियो सहित)

अन्तराष्ट्रीय मानवता समूह का केन्द्रीय संयोजक एचबी ताम्राकारले नेतृत्व गरेको टिमले झापादेखी कंञ्चनपूर सम्मका जिल्लाहरुमा राहत वितरण गरिरहेको छ ।अन्तराष्ट्रीय मानवता समूह झापा (International Humanity Group, Jhapa ) का संरक्षक देवी खरेल पाण्डे जी र संयोजक अन्सु थापा के.सी जी को संयुक्त पहल र झापाकै अभियनताहरु सुर्य अधिकारि, निशा पाण्डे ,सृजना पाण्डे,टिका सिटौला र निशिता केसी जी र सुपर अनलाइन टिभिको टिमका समीर सुबेदी शिशिर बुढाथोकी लगायतको प्रत्यक्ष सहभागितामा आज झापा जिल्ला शिव सतासी नगरपालिका वार्ड नं ६ शिवगन्ज छेउछाउका अति बिपन्न १९ घरपरिवारलाई राहत वितरण गरियो।

झापा जिल्ला शिव सतासी नगरपालिका वाड नम्बर -६ , शिवगन्ज आसपासका अति बिपन्न परिवारलाई अन्तराष्ट्रीय मानवता समुह झापाको टिमले १९ घरपरिवारलाई आज मिति 2078-02-23 गते वितरण गरेको हो ।

त्यसैगरी, अतिथिमा वडा अध्यक्ष मनोज खुलाल कार्कि , शिबसताक्षि रेड्क्रस सभापति नारायण प्रसाद दाहाल
र वडा सदस्य बद्री खनालकोपनि उपस्थिति रहेको थियो । तलको भिडियोमा हेर्नुहोस यसरी गरियो सहायोग