काठमाडौँको यो कोठामा हेर्नुहोस, लक्डाउनले बाउ छोरीनै यस्तो अवस्थामा भेटिएपछि, परिवारको बिजोग भयो हेर्नुस

काठमाडौ । १ बर्ष अगाडि मात्र दोलखाबाट उपचारको शिलशिलामा काठमाडौ आएका हुन डिल्ली बहादुर कार्की । दोलखा निबासी डिल्ली बहादुर केही बर्ष अगाडि रुखबाट खसेर आफनो ढाड भाच्न पुुगे त्यसपछि उनी उपचारका लागि यहा आए । आएको एक बर्षमा लकडाउनको चपेटामा परेर अहिले के खाउ के लाउ भाको छ । न त आफू बसेको घरको भाडा तिर्न सकेका छन न त दुुई छाक खानानै । गाउमा खेती किसानी गर्दागर्दै रुखको हागो लाछिएर करिब २० फिट तल खस्दा यस्तो अवस्थामा आईपुगे । काठमाडौ आएपछि पनि यसैका लागि करिब १२—१३ लाख खर्च गरे डिल्लीले । घर बारी सबै बेचेर ७ लाख रिन लगाएर यतिसम्म अवस्थामा पुगेका छन ।

३ छोरीका बुवा बनेका डील्ली भन्छन छोरीले दिसा पिसाब स्याहार्दा आफैलाई बिष खाएर मरम जस्तो लाग्छ भन्छन । श्रीमतीले लकडाउन अगाडि महिनाको ५ हजार आउने जागिर गर्थिन तर त्यो पनि अहिले छैन र छोरीले फेन्सीमा काम गर्थिन त्यहाको पनि अहिले आश हरायो भन्दै छोरी भक्कानिईन । १५ बर्षकी छोरी ९ कक्षामा पढदापढदै बाबुको यो अवस्था भएपछि पढाई पनि छोडिन । रुमभाडा नदिएको पनि २ महिना भयो अब सडकमा बास होला भन्दै परिबारनै भक्कानिए —