अस्पताल छन्, उपचार छैन ।

DR AP SHARMA,

केही वर्ष देखि नेपालका शहर बजारमा डाक्टर र नर्सहरू फालाफाल छन् तर एक डेढ वर्ष अघि देखि कोरोनाले हवाकावा गराउँदा पनि नेपालमा सजिलै उपचार गराउने अस्पतालहरू छैनन् तर “भ्यू टावर” भने प्रत्येक पालिकामा नयाँ नयाँ छन्।
१. सरकारी अस्पताल छ । बेड छैनन तर सिंगो बिल्डिंग खाली छ ।

(जस्तै: वीर अस्पतालको पुरानो होस्टेल मासेर चिनियाँले अजंगको बिल्डिंग बनाइदिएका थिए दुई वर्ष अगाडि नै । अहिले सम्म खाली छ )
२. बेडहरू छन्। उपचारको साधन छैनन ।

(जस्तै एउटा पनि भेन्टिलेटर किनेको छैन यो सरकारले । गाडी किन्न दश अर्ब बजेट निकासा गरेको थियो खतिवडाले दुई वर्षमा । )
४. साधन छन् । उपयोग गर्ने गराउने प्राविधिक छैनन ।

( जस्तै: महावीर पुन को संस्थाले ठाउँ ठाउँमा मर्मत, सम्भार तथा सञ्चालन सिकाउँदै हिँडिरहेका छन् निःशुल्क)
५. प्राविधिक छन् । साधन उपयोग गर्दैनन् ।

(जस्तै: अक्सीजन प्लान्ट चौरमा छ । कमिशनको लागि सिलिन्डर किन्ने गरेको थियो वीर अस्पताल)
६. तर प्रत्येक अस्पतालमा ठूला पार्टीहरुका भातृ संगठनका युनियनहरु अवश्य छन् । तिनले नै सरकारी अस्पताललाई तबाह बनाएका छन् ।

७. अस्पतालबाट युनियनहरु सधैंको लागि खारेज गर । प्रत्येक पालिकामा स्तरीय अस्पतालहरूको निर्माण गर ।
अस्तु ।
ए पोख्रेल ।