पन्तको सहयोग लिस्ट धेरै लामो छ, एकै बर्ष भित्र ४ लाख रुपया सहयोग | आज परेको जन्म दिन बिशेष धेरै धेरै सुभकामना

स्कटनेपाल,
नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त पछिल्लो समय सामाजिक सेवामा सक्रिय बन्दै जानु भएको छ । मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा छन्। र, अहिलेसम्मको अनुभवको आधारमा मेरो सपना पूरा हुनेछ भन्न सक्ने अवस्थामा छु”, कुमुद भन्छन्।

रबि लामिछाने नेतृत्वमा संचालन हुन गैरहेको जनमैत्रि अस्पतालको सहयोगार्थ मा कुमुद पन्तले (बीसहजार एकसय चालीस) रुपैया आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ ।
हाम्रो नेपाल टिम लाइ सपोर्ट समर्थन रू १० हज़ार सहयोग गर्नु भएको छ ।

तेरह्थुम जिल्लाको फेदापे गाउपालिकाको सिम्ले ३ मा आगो लागि भएर २२ घर जलेर नष्ट भएका पिडित हरु को लागि १०,२८५ सहयोग गर्नु
सहयोग गर्नु भएको छ ।

अछाम कमल बजार श्री कालिका आधारभुत विद्यालयका लागी स्कुल सामग्रीको लागी रू १० हज़ार सहयोग गर्नु भएको छ ।

घरबिहिन हुम्लाकी उषा थापा बहिनीलाई बर्दियामा घर बनाउने अभियानमा २०,०००/- सहयोग गर्नु भएको छ ।

सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा पर्न सफल नेपालकी सपना रोका मगरको मनोबल उच्च बनाउन तथा उनको शिक्षालाई निरन्तरता दिन प्रोत्साहन गर्दै २५ हजार ५ सय रुपैंया सहयोग गर्नुभएको छ ।

पन्तको सहयोग लिस्ट धेरै लामो छ एकै बर्ष भित्र ४ लाख रुपया सहयोग गर्नु भएको छ ।

आगामी दिनमा पनि गरिब, दुःखी र असाहायहरुलाई सक्दो सहयोग गर्दै अघि बढ्ने पन्तले बताउनुभएको छ ।

यहा लाई आज परेको जन्म दिन बिशेष धेरै धेरै सुभकामना स्कटनेपाल परिवार को तर्फ बाट ।