चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ डरलाग्दो रहस्य रोचक तथ्यसहित

काठमाडौं । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् । यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो ।

यो पर्खाल विश्वको सबैभन्दा लामो पर्खाल हो । तपाईलाई थाहा नहुन सक्दछ कि दुनियाकै आश्चर्य यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । जसको कारण अनौठो छ ।

यद्यपि ग्रेटवाल अफ चाइनाको वास्तविक लम्बाइका विषयमा विभिन्न फरक फरक तथ्यहरु रहेका छन् । तथापि सन् २००९ मा भएको एक सर्भेले उक्त पर्खालको लम्बाइ ८ हजार ८५० किलोमिटर रहेको सार्वजनिक गरेको थियो । हेर्नुहोस –