‘मायाले नै हो पियारा’ विशाखा शाहीको आवाजमा गीतको फुमेल भर्जन सार्बजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममाविशाखा शाही ठकुरीको आवाज मा रहेको “मायाले नै हो पियारा” गीत सार्बजनिक भएको छ। उक्त गीत Limelight Nepal युटुब च्यानलबाट सार्बजनिक भएको छ। उक्त गीतमा पुष्पा बोहोरा र स्मिर्ती शाहीको पनि आवाज रहेको छ। उक्त गीत को श’ब्द जोसिफ शाही ठकुरी ले गरेका छन् भने सं’गीत कोसिस क्षेत्रि ले गरेका छन्।

विशाखा शाही ठकुरीको स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन। प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीको गायकीमा गीत वास्तवमै हृदयस्पर्सी बनेको छ । जोसेफ शाही ठकुरीले स्वरमा रहेको ओरिजिनल गीतमा घरमा जहान सम्हालिरहेकी ‘पियारी’लाई परदेशमा दुःख गरिरहेको श्रीमानले सम्झाइरहेको भाव भेटिन्थ्यो । विशाखाको स्वरमा रहेको यो गीतमा भने पियारीले परदेशमा रहेका पियारालाई आफु कस्तो अवस्थामा जिवन गुजारीरहेकी छु भन्दै जवाफ दिएको भाव छ ।

जोसेफ शाहीको शब्दमा कोशिश क्षेत्रिको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन भने किशोर थापाले गरेका हुन् । फिमेल भर्सनमा स्वरमात्रै होइन गायिका विशाखाको अभिनय समेत हेर्न सकिन्छ । भिडियोमा विशाखासँगै पशुपति खनाल र अस्मिता सेन्चुरीको समेत अभिनय रहेको छ । राज पोखरेलको छायाँकन रहेको भिडियोको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन् ।

रियालिटी गायन प्रतिस्पर्धा ‘भ्वाईस अफ नेपाल सिजन–३’ मा बाजुराका प्रतिभा धर्मेन्द्र सुनारले ‘पियारी’ गीत गाएर चार वटै निर्णायकको मन जित्न सफल भएपछि गीत सर्वत्र रूचाइएको थियो । त्यसपछि ओरिजिनल गीतलाई पनि उत्तिकै रूचाइएको छ । हालसम्म युट्युवमा १८ लाख बढि दर्शकले गीतको भिडियो हेरिसकेका छन् । पियारीको फिमेल भर्सनलाई लिएर पनि युटुयुवमा निकै उत्साहजनक टिप्पणीहरू आएका छन् ।

सार्वजनिक भएको १६ घण्टामा गीतको भिडियो २८ हजार बढि दर्शकले हेरिसकेका छ | गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :