बिबाद्पछी सचिन परियारको नया गीत छाता ओडेर, अन्जली अधिकारी र ओबी रायमाझीको दोहोरी भनाभन हेर्नुहोस

काठमाडौ । नेपाली लोक संगितको अहिलेको माहोल र क्षेत्र एकदमै लोकप्रिय र जनमानसमा राम्रै छाप छोडदै गईरहेको छ । पहिले पहिले लोक दोहोरीलाई सुनम भन्दा नाक खुम्च्याउनेहरु अहिले यसका शुुभचिन्तक बनिरहेका छन । लोक कलाले अहिले फिल्ममा नाच्ने नायिकाहरुलाई समेत आकर्षित गरिरहेको पाईन्छ । आज हामी पनि तपाईमाझ त्यस्तै नया स्वाद थपिने फरक खालको नाचौ नाचौ लाग्ने गित लिएर आएका छौ । गायक उज्जवल गिरी दानबिरको शब्दमा महेन्द्र भण्डारीको लय र एरेन्जमा नया गित छाता ओडेर भर्खरै डिजिटल बजारमा आएको छ । जस्मा स्वर रहेको छ स्वयम उज्जवल गिरी र सरस्वती पूरीको ।

सरस्वती पूरी नवगायिका हुन जो पेशाले नर्श पनि हुन र अहिले पोखरामा कार्यरत छिन उनी । यसै गितमा भाईरल ब्वाई सचिन परियारको दमदार अभिनय छ भने चर्चित मोडल अन्जली अधिकारी र ओबी रायमाझी पनि जोडिएका छन । साथमा तपाईले टिकटकमा रुचाउनुभएका भाईरल दाई बहिनीको जोडी साहिल जंग क्षेत्री र सुप्रिया क्षेत्री पनि पहिलोपटक देखिएका छन यहि गित मार्फत । एकदमै फरक र यो तात तातो मौसममा छाताको आबश्यकता र अब झरी लाग्दा पनि छाताकै
आबश्यकता भएकाले यसलाई रचना गरिएको बताउछन उज्जवल । प्रकाश भट्टको निर्देशन रहेको यो गित लेकसाइड टिभी नामक युटुयुुब च्यानबाट आएको छ, हेरेर मनपरे सेयर गर्नुहोला —