आजका २ दृश्य, निषेधाज्ञाको अनुमान र समाधान

डा. रबिन्द्र समिर

१. बालाजु बाइसधारा मेला तथा स्वयम्भूमा हजारौं मान्छेको भीडभाड | नाकमुनी, चिउड़ोमा मास्क झुन्ड्याउनेको संख्या अधिक | मास्क लगाउने र नलगाउनेको संख्या बराबर | भौतिक दुरी कुन चरीको नाम हो ? त्यहाँ थाहा थिएन |

२. पर्सिदेखि हुने निषेधाज्ञाको कारण उपत्याका छोड्नेको बस काउन्टर, बसपार्क, बस स्टप आदिमा हजारौंको धकेलाधकेल |

जनस्वास्थ्यका मापदण्ड नागरिकले किन पालना गरेका छैनन् ? गृह प्रशाशनले किन पालना गराएको छैन ?

निषेधाज्ञाको अनुमान – हामी नागरिक उनै हौँ, गृह प्रशाशन उही हो | निषेधाज्ञामा पनि गल्ली, भित्री बस्ती, चिया पसल, भट्टी, तरकारी बजार …मा उस्तै भीडभाड हुने देखिन्छ | मेडियाले रित्ता सडक र बन्द भएका मुख्य बजार देखाउनेछन् | अनि सरकारले निषेधाज्ञा पूर्ण लागु भएको भनेर मख्ख पर्नेछ | संक्रमितको संख्या बढ्नेछ | निषेधाज्ञा बढ्दै जानेछ |

समाधान – सरकारले मास्क र भौतिक दुरी कायम गराउन भएभरको शक्ति लगाउने तथा आम नागरिकले मापदण्ड पालना गर्ने हो भने संक्रमणको चेन तोडिन्छ | ३ हप्तामा अहिलेसम्मको सेटल हुन्छ | यसको लागि दुवै पक्ष जिम्मेवार हुनुपर्यो | यो पटकको महामारी हामीले कल्पना गरेको भन्दा धेरै संक्रामक र घातक छ | अस्पतालमा बेड छैन | अक्सिजनको अभाव छ | रोकथामको लागि कडा कदम नचाल्ने हो भने उपचार नपाएर ठूलो क्षति हुनसक्छ |
सरकार र आम नागरिक समयमै सचेत बनौं | दुवै पक्ष सचेत बन्यौं भने लकडाउन छोंटो हुन्छ | क्षति हुँदैन |

उखान – मलाइ खाने बाघले तँलाई पनि खान्छ | तँलाई खाने बाघले मलाइ पनि खान्छ |
– महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु |