बिद्यालयको सार्बजनिक जग्गा आर्थिक प्रलोभन पारी भु-माफिया द्वारा ब्यक्तिको नाममा दर्ता

युवराज रेग्मी
बैशाख १३ , झापा/
झापाको गौरादह नगरपालिका वडा न ९ स्थित अमर माध्यमिक बिद्यालयको नाममा रहेको करिब ८ बिगाहा जमिन त्यहाका स्थानिय हरुले बर्सौ देखि अनाधिकृत रुपमा भोग चलन गर्दै आएका छ्न ।
बि. स. २०२५ सालमा बिधिबत रुपमा स्थापना भइ अमर प्रा. बि.को नाम बाट संचालित बिद्यालयको नाममा बि.स.२०२१ सालको फिल्ड बुकमा श्रेस्ता कायम रहेको सार्बजनिक जग्गा विभिन्न समयमा गिरोह हरुले अबैध तरिकाले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।
यसै क्रममा बि. स. २०२६ सालमा महाभारा निवासी सत्य राजबंशी र चमक राजवंशीको नाममा रहेको २९ बिगाहा १० कठ्ठा जग्गा बिद्यालयले धितो लिलाम सखार गर्दा बिद्यालयको नाममा रहेको १२ कठ्ठा जग्गा पनि सुनियोजित ढंगले सोही जग्गाहरुको साथमा लिलामी प्रकृयामा राखी लिलाम गराई बिद्यालयकै तात्कालिक प्र.अ.ले आफ्नो नाममा न्यून मुल्यमा खरिद गरेको पाइएको छ ।

त्यस पश्चात् महाभारा निवासी सम्बन्धीत जग्गा धनी राजबंशीले आफ्नो जग्गा लिलाम फिर्ता गराउन मुद्दा गरेकोले अन्तत: बि.स. २०२९ सालमा मुद्दाको किनारा फैसला द्वारा साबिक जग्गा धनिको जग्गा लिलाम फिर्ता भएको थियो ।

तर सोही समयमा बिद्यालयको नाममा रहेको लिलाम गरिएको जग्गा भने फिर्ता नगरी बि.स. २०३२ सालमा तात्कालिक समयमा बिद्यालयका प्र.अ. समेत रहेका यमनाथ ढुंगानाले १२कट्टा जग्गा चक्र प्रसाद पोखरेललाई बिक्री गरेको समेत प्राप्त जानकारिमा खुलेको छ।

त्यसै गरि बिद्यालयको नाममा फिल्ड बुक रहेको अर्को ३ बिगाह १० कठ्ठा जग्गा पनि विभिन्न ब्यक्ती हरुलाइ आर्थिक प्रलोभनमा पारेर स्थानिय भु माफिया राम बहादुर पौडेलले आफ्ना ज्वाइँ सैनध्वज भट्टराईको नाममा दर्ता गराइ जग्गाको लालपुर्जा ल्याएको बुझिएको छ ।
साथै उनले हाल बिद्यालयको उत्तर तर्फ रहेको जग्गामा व्यावसायिक प्रकृतिको टहरा निर्माण गरि बर्सौ देखि भाडा समेत असुल्दै आएकाछ्न ।

त्यसै गरि बिद्यालयकै नाममा रहेको १ बिगाहा १० कठ्ठा जमिन पनि जग्गा माफिया गिरोहहरुले अबैध तरिकाले कागजात तयार पारी मोहियानी कायम गराइ ब्यक्तिको नाममा दर्ता गराइ ल्याइएको बुझिएको छ ।

त्यसै गरि बिद्यालयकै नाममा फिल्ड बुक रहेको २ बिगाहा १० कठ्ठा जग्गा एकलौटी रुपमा मुद्दा फैसला गराइ इन्द्र बहादुर अधिकारिले आफ्नो नाममा दर्ता गराएका थिए । हाल उनले सो जग्गामा चारकोठे पक्की आर.सि.सि. घर निर्माण गर्दैछ्न ।

बि. स. २०५४ सालमा गरिएको सर्बपक्ष निर्णय द्वारा हाल बिद्यालयको कम्पाउड रहेको ५ बिगाह १० कठ्ठा जग्गा तात्कालिन समयमा बि. ब्य.स. अध्यक्ष रहेका सिताराम भट्टराईको अथक प्रयासमा बिद्यालय लाई प्राप्त भएको जानकारी बि. स. २०३९ साल देखि २०७१ साल सम्म सोही बिद्यालयका प्र.अ. रहेका शुरेस ब. पौडेलले दिएका छ्न ।
हाल बिद्यालयको नाममा रहेको ११ बिगाहा १३ कठ्ठा ६ धुर जग्गा मध्ये अधिकाम्स जग्गामा त्यहाका स्थानियहरुले अस्थाइ तथा स्थाइ सम्रचना तयार गरि बसोबास गर्दै आएका छ्न ।

बिद्यालयको स्वामित्वमा रहेको जग्गामा हाल एउटा सामाजिक सस्था ॐ सान्तीको आर. सि. सि. भबन निर्माणाधिन अवस्थामा छ ।

त्यसै गरि बिद्यालयको स्वामित्वमा रहेका जग्गामा स्थानिय ब्यक्तिहरुले करिब १ दर्जन जति साना ठुला घर बनाइ बर्सौ देखि बसोबास गर्दै आए पनि सार्बजनिक जग्गाको निर्णयात्मक खोजीकार्यमा कोहि नजुटेको पाइएको छ ।
साबिक बैगुन्धुरा गाबिस तथा हाल गौरादह नगरपालिकाको वडा न ९ को वडा कार्यालय रहेको भबन पनि बिद्यालयकै जग्गामा रहेको छ ।

बिगतमा जग्गा प्राप्तिका लागि सरोकार पक्षहरूले साना तीना प्रयास गरे पनि निरन्तरताको अभाबमा बिद्यालयको सार्बजनिक जग्गामा अझै सम्म पनि स्थानिय ब्यक्तीहरुले हालिमुहालि गरिरहेको हालका बि. ब्य. स.अध्यक्ष गोपाल भट्टराईले बताए ।

बिद्यालयको दुराअवस्थाको बारेमा जानकारी गराउदै बिध्यालयको स्वामित्वमा रहेको जग्गाको राजस्व बि.स. २०६९ साल देखि हाल आ.ब. २०७६/७७ सम्मको बक्यौता रु ३४००० पुगेकोले उक्त बक्यौता राजस्व रकम तिर्न बिद्यालयको कुनै आर्थिक श्रोत नभएको बि.ब्य.स. अध्यक्ष गोपाल भट्टराईले गुनासो ब्यक्त गरे।

नेपाल सरकारले सरकारी बिद्यालयहरुको भौतिक बिकास र रेखदेखको उधेस्य राखी समुदाय लाई हस्तान्तरण गरेको भएतापनि त्यसको सरोकार पक्ष र ब्यबस्थापनको आधिकारिक जिम्मा पाएको ब्यबस्थापन समिति र राजनितिक आसिर्बाद र दलगत भागबन्डा मार्फत आउने समितिको नेतृत्वले उचित ध्यान पुर्याउन नसक्नु सामुदायिक बिद्यालयका लागि पिडादायी बिसय बनेको देखिन्छ ।
राज्यले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि बर्सेनि मोटो रकम खर्चदै आएपनि बजेटको उचित सदुपयोग नहुदा बिद्यालयका समस्या ज्युकात्यु रहेको देखिन्छ ।