भाइरल गायक अलिफ खान र सुनिता बुढाको स्वरमा दर्दनाक भिडियोले दर्शक रुवायो (भिडियो सहित)

पछिल्लो समयामा एका एक भाइरल बनेका लोक गायक अलिफ खान र पछिल्लो समयकी ब्यस्त गायीका सुनिता बुढाको स्वरमा रहेको मार्मिक लोक दोहोरी गीत ” छोडेर जानेको” गीतको भिडियो सार्बजनिक भएको छ l एउटा अधुरो प्रेम कहानीको कथालाई समेटेर अन्तत सम्योगान्तमा अन्त्य गरिएको गीतको भिडियोले दर्शकको मन जितेको छ l बिष्णु भट्टराईको कथा निर्देशन रहेको गीतको भिडियो स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ, स्वाभिमान क्रियशनको आफ्नै अफिसियल युट्युब च्यानल देखि सार्बजनिक भएको गीतले एका एक चर्चा बटुल्न थालेको छ l राजु महोत्रा र जुना गुरुङको शसक्त अभिनय रहेको भिडियोमा अनिल पौडेल, रक छेत्री , दिक्ष्या खनाल लगायतको अभिनय देख्न सकिन्छ l जब साचो माया गर्ने हरु वियोग र बिछोडमा तड्पिन बाध्य हुन्छन अनि त प्रेम जोडीको जीन्दगीनै अन्धकारमाया बन्न पुग्छ र अन्त्यत प्रेम जोडी एक अर्काको भएरै छोडेको कहानीले दर्शकलाई भिडियो हेर्दा हेर्दै भक्कनिना बाध्य बनाउछ l

बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा बिष्णु भट्टराईकै छायांकन सम्पादन तथा अनिमेशन समेत भिडियोमा देख्न सकिन्छ,ऋषि खड्काको लय तथा राजु महोत्राको सब्द रहेको छ भने सगुन शर्मा को श्रीन्गार रहेको भिडियोलाइ अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ , हेरौ टीकटकमा समेत धेरैको रोजाइमा रहेको गीतको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस |