बिकाश र सिर्जना फिचर्ड ‘सोची हेरन’ सार्वजनिक (भिडियो)

काठमाडौँ । बिकाश लामिछाने र सिर्जना जिसीको अनस्क्रिन प्रेम प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सोची हेरन’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सुदिप भण्डारीको स्वरमा रहेको यस गीतमा चर्चित गीतकार डि.पी खनालको शब्द रहेको छ। शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतमा संदेश रुचालको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा आत्मसम्मान, जिम्मेवारी भित्रको प्रेम कहानी प्रस्तुत गरिएको छ। अनिल कुमार मानन्धरको छाँयाकंन तथा दिन्शन शाहले सम्पादन गरेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशनमा तयार पारिएको हो।

डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक