राज र बिष्णु फिचर्ड ‘जलेर खरानी’ सार्वजनिक (भिडियो)

काठमाडौँ । इजरायलमा रहेकी नव कलाकार बिष्णु कट्टेल फिचर्ड ‘जलेर खरानी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

यस गीतमा गायक राज लिम्बुको स्वर, शब्द र संगीत रहेको छ। पुस्कर सुनुवारले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गायक लिम्बु पहिलो पटक फिचर्ड भएका छन्। भिडियोमा प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। बिष्णुको अभिनय तारिफ योग्य छ।

इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोताबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ।