नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा

निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इनटी सेन्टर) सञ्चालनमा ल्याएका छन्।

नयाँ वर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी स्वास्थ्य परामर्श शिविर आयोजना गरेको छ। फिल्मकर्मी ढकालका अनुसार बुधबार शुरु भएको शिवीर शुक्रवारसम्म चल्नेछ।

सो उपचार केन्द्र निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरु डा. दिपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सविना श्रेष्ठ, डा. राजेश देव र डा. जयनेन्द्र प्रधानाङग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टले सञ्चालनमा ल्याएका हुन्। केन्द्रमा नाक, कान र घांटीसम्बन्धी सबै समस्याको परिक्षण तथा शल्यक्रियालगायतका परिक्षण हुने केन्द्रले जनाएको छ। सयौं फिल्म छायांकनका साथ थुपै्र फिल्म निर्देशन गर्दै आएका फिल्मकर्मी ढकालले स्वास्थ्य क्षेत्रबाट सामाजिक सेवा गर्ने उद्येश्यले सो उपचार केन्द्र सञ्चालनमा ल्याएको बताए।

सोहीअन्र्तगत केन्द्र सञ्चालनमा ल्याएलगत्तै निःशुल्क स्वास्थ्य शिविर चलाइएको जनाए। उनले कला क्षेत्रका व्यक्तित्वका लागि आप्mनो कला केन्द्रबाट विशेष सेवा र सहुलियत प्रदान गर्ने समेत बताए। त्यसै गरी फिल्म निर्माता तथा प्रदर्शक छिरिङले कला क्षेत्रसँगै अन्य क्षेत्रबाटसमेत टेवा पु¥याउने उद्येश्यले केन्द्रलाई सञ्चालनमा ल्याएको बताए।