सचिन परियारको बिबादमा गायिका देवी घर्ति र राजु ढकालको मिडियाप्रति आक्रोश:बच्चालाई नचाहिने प्रश्न गरे

लोकप्रिय लोकदोहोरी गायिका देवी घर्ति मगर र राजु ढकालले पछिल्लो समय बिबादमा आएका सचिन परियारको बिषयमा मिडिया प्रति आक्रोश व्यक्त गरेका छन्।केहि दिन देखि मिडियाले गरेको गलत गतिबिधि आफुहरुले राम्रो नसोचेको देबी घर्तीको विश्लेषण छ। मिडियाले लोग्ने स्वास्नीको झगडालाई बिशेष भूमिकामा राख्ने र गलत रुपमा मिडियाले प्रस्तुत गरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन।

सानो बाल बालिकालाई राखेर परिवारको कुरा सोध्ने र बिभिन्न प्रश्न गरि बाल बालिकाको सोचाइलाई गलत तरिकाले प्रयोग गरि पैसा कमाउने काम भएको भन्दै राजु ढकाल आक्रोशित भएका हुन्।केहि समय अगाडी सचिन परियार मिडियाबाटनै भाइरल भएका थिए।
सचिन न बढेको तर पनि सोचाई उनको अझ धेरै राम्रो बहेको पाइन्छ,उनको प्रतिभालाई लिएर विश्वभर चर्चा छ भने सचिनको परिवारको बिरोधमा पनि यो बेला आम दर्शक देखिन्छन।

“के छ हजुर” भन्ने शब्दलाइ लिएर सबैतिर चर्चा आयो जसको कारण सचिन परियार भाइरल भएका थिए।तर यो बेला सचिन परियारको आमा मिडियामा आए संगै यो बिषयले अर्को मोड लिएको हो।उनकी आमा मिडियामा आएर छोरोलाई भेट्न नपाएको भन्दै रोएको थिइन।जेठी श्रीमती छाडेर कान्छी ल्याए पछि उनको पिता प्रति दर्शकको हेर्ने दृष्टिकोण गम्भीर छ।हेरौ सचिन परियारको बिषयमा लोकप्रिय गायक राजु ढकाल र देवी घर्ति संग गरिएको यो बिशेष कुराकानी जस्ताको तस्तै :